जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • आगामी साताभित्र बीओके र हिमालयन बैंकले काउन्टर ग्यारेन्टी वापतको डेढ अर्ब पाउने

आगामी साताभित्र बीओके र हिमालयन बैंकले काउन्टर ग्यारेन्टी वापतको डेढ अर्ब पाउने

मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टीमा बस्दा फसेको दुई वाणिज्य बैंकको डेढ अर्ब रुपैयाँ अब भने फिर्ता हुने भएको छ ।

मेलम्ची खानपानी आयोजनाको काउन्टर बसेका हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बीओके)ले एक साताभित्र पैसा फिर्ता पाउने भएका हुन् ।

चिनियाँ अदालतले चाइना रेल्वे ब्यूरो १६औंमा भएको सम्पत्ति फिर्तासम्बन्धी व्यवस्था हटाउने भएपछि नेपाला दुई वाणिज्य बैंकको फसेको डेढ अर्ब रुपैयाँ फिर्ता आउन लागेको हो ।

चीनको हेनान प्रदेशको उच्च अदालतले नेपाली बैंकलाई काउन्टर ग्यारेन्टीवापतको रकम फिर्ता गर्न आदेश दिइसकेको छ । तर, चिनियाँ रेल्वे ब्यूरो १६औंमा व्यवस्था अनुसार सम्पत्ति दिन नमिल्ने थियो ।

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अशोक राणाले आगामी साताभित्रमा पैसा फिर्ता आउन लागेको जानकारी दिए ।

‘कानूनीरुपमा पैसा फिर्ता पाउनका लागि भएका अड्चन अब हटेका छन्, आगामी साताभित्र पैसा आउने छ,’ राणाले भने ।

मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने जिम्मा चीनको चाइना रेल्वे ठेकेदार कम्पनीले पाएको थियो । जसमा चीनको चाइना कन्सट्रक्सन बैंकले ग्यारेन्टी बसेको थियो भने त्यसको काउन्टर ग्यारेन्टीमा हिमालयन बैंक र बिओके बसेका थिए ।

चाइना रेल्वेले सम्झौताअनुसार मेलम्ची खानेपानी आयोजनाको काम गर्न नसकेपछि त्यसको ठेक्का रद्द भएको थियो । मेलम्ची खानेपानी आयोजनाले ग्यारेन्टीवापतको रकम नेपाली बैंकले पाएका थिएनन् ।

यो फैसलासंगै बैंकले काउन्टर ग्यारेन्टीवापतका मेलम्ची खानेपानी आयोजनालाई भुक्तानी गरिदिएको अमेरिकन डलर ६६ लाख २५ हजार १० र युरो १४ लाख ११ हजार ४५३ वापतको रकम काउन्टर ग्यारेन्टी दिएका थिए । जसमध्ये हिमालयन बैंकले ६६ लाख अमेरिकी डलरको काउन्टर ग्यारेन्टी दिएको थियो ।

चाइना रेल्वेले मेलम्चीसँग २०६९ मा सम्झौता तोडिएपछि राष्ट्र बैंकले हिमालयन तथा बीओकेको उक्त रकमलाई ‘एअरमार्क’ गरेर राखेको थियो ।

राष्ट्र बैंकले हिमालयन र बीओकेको एअरमार्क गरेर राखेको पैसा भने मेलम्ची खानेपानी आयोजनालाई फिर्ता दिएको थियो ।

दुबै बैंकले आफ्नो नाफाबाट उक्त रकम आयोजनालाई भुक्तानी गरिसकेका छन् । र, सो रकम बराबर प्रोभिजन पनि गरिसकेका छन् ।

राष्ट्र बैंकले यसरी फिर्ता आएको पैसामा विदेशी मुद्राबाट भएको थप लाभ भने रिजर्भमा राख्न लगाउनेछ । बैंकहरुले त्यो बेला नेपाली रुपैयाँ भएको प्रोभिजन रकम सेयरधनीले लाभांश पाउनेछन् भने विदेशी डलर र युरोको मूल्य बढेका कारण बढी आउने रकम रिजर्भमा राख्नुपर्नेछ ।

1300
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?