जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैंक र हातेमालो फाईनान्स बीच फाइभ इन वान सेवा सम्झौता

कामना सेवा विकास बैंक र हातेमालो फाईनान्स बीच फाइभ इन वान सेवा सम्झौता

कामना सेवा विकास बैंकले धितोपत्र ब्रोकर हातेमालो फाईनान्स सर्भिस प्रालिसँग सम्झौता गरी फाइभ इन वान सेवा सुरु गरेको छ ।
यस सम्झौता पश्चात कम्पनीका ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता सीआस्वा र मेरो सेयर एकै सेवामार्फत् प्राप्त गर्न सक्ने छन् ।

कम्पनीले ग्राहकहरुलाई सरल रुपमा सेयर कारोबार गर्न सहजहोस् भन्ने उद्देश्यले यस्ता सेवाहरु उपलब्ध गराएको बताएको छ ।
कम्पनीले देशका विभिन्न स्थानहरुमा १३५ वटा सञ्जालहरु, २१ शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा एटीएम मार्फत् ग्राहकहरुलाई सेवाहरु प्रदान गर्दै आएको छ । साथै, कम्पनीले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सीआस्वालगायतका माध्यमबाट समेत बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ।

865
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?