जोडिनुहोस
आइतवार, साउन ३, २०८३
आइतवार, साउन ३, २०८३
  • होमपेज
  • ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित

ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित

ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् ।

बिहीबार सम्पन्न कम्पनीको १७औं वार्षिक साधारणसभाबाट उनी निर्विरोध निर्वाचित भएका हुन् । सर्वसम्मत रुपमा निर्वाचित ६ सदस्यीय सञ्चालक समितिको पहिलो वैठकले उनलाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।

यसैगरी, सोही सभाले संस्थापक सेयरधनीतर्फ चन्द्रप्रसाद ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त, तथा सर्वसाधारण सेयरधनीतर्फ नारायणप्रसाद पौडेल, मदनलाल जोशी र कृष्णप्रसाद शर्मा सञ्चालक समितिमा निर्वाचित गरेको छ।

नवनिर्वाचित अध्यक्षले नेपाल राष्ट्र बैंकका गभर्नरबाट पद तथा गोपनियताको शपथ लिएपछि नवनिर्वाचित सञ्चालकहरुलाई शपथ गराउने कार्यक्रम रहेको कम्पनीले बताएको छ ।

यसअघि वार्षिक साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममाअध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालना गर्दै आफ्ना सेयरधनीहरुलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताएका थिए ।

3715
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका