जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • खल्तीमा थपियो नयाँ सुविधा : मेरोसेयर, डिम्याट, एसआईपी भुक्तानीसँगै अब ब्रोकर पेमेन्ट र कोलेटरल लोड गर्न पनि मिल्ने

खल्तीमा थपियो नयाँ सुविधा : मेरोसेयर, डिम्याट, एसआईपी भुक्तानीसँगै अब ब्रोकर पेमेन्ट र कोलेटरल लोड गर्न पनि मिल्ने

भुक्तानी सेवा प्रदायक खल्तीले पूँजीबजारलाई केन्द्रित गरेर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) को सहकार्यमा टिएमएस अकाउन्टमा कोलेटरल लोड साथै ब्रोकरको भुक्तानी गर्न मिल्ने  सुविधा उपलब्ध गराएको छ।  

साना तथा मझौला लगानीकर्ताहरूलाई लक्षित गर्दै उपलब्ध गराइएको यस सुविधामार्फत् सेयर बजारमा लगानी गर्न इच्छुक लगानीकर्ताले हाललाई ३५+ ब्रोकर अकाउन्टमा कोलेटरल टिएमएसमार्फत् खल्ती प्रयोग गरि कोलेटरल लोड गर्न सक्नेछन्  ।

साथै उसले  छिट्टै नै अन्य ब्रोकरहरूलाई पनि यस सेवामा समावेश गरिने बताएको छ ।

यसैगरी खल्तीले यसअघिदेखि नै मेरो सेयर, डिम्याट, सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी) को भुक्तानी सुविधा उपलब्ध गराउँदै आइरहेको छ।

खल्ती प्रयोग गरि टिएमएस ब्रोकर अकाउन्टको कोलेटरल निम्न तरिकाले लोड गर्न सकिन्छ :

१)  आफ्नो ब्रोकरको टिएमएस पोर्टलमा जानुहोस् 
२) ‘फन्ड मेनेजमेन्ट’ मा जानुहोस् 
३) लोड कोलेटरल छनोट गर्नुहोस् 
४) बैंक अप्सनमा ‘खल्ती’ र पेमेन्ट मेथडमा ‘वेब’ छनोट गर्नुहोस्। ५) रकम र रिमार्क्स दाखिला गरि सब्मिट गर्नुहोस् 
६)पुनः खल्ती जानकारी दाखिला गरि सब्मिट गर्नुहोस् 

 ब्रोकरको भुक्तानी भने निम्न तरिकाले गर्न सकिन्छ : 

१)  आफ्नो ब्रोकरको टिएमएस पोर्टलमा जानुहोस् 
२) ‘फन्ड मेनेजमेन्ट’ मा जानुहोस् 
३) ‘फन्ड सेटलमेन्ट’ को ‘बाई इन्फर्मेसन’ मा जानुहोस्  
४)  ‘पेमेन्ट ड्यु’ छनोट गर्नुहोस् 
५) ‘खल्ती’ छनोट गरि भुक्तानी गर्नुहोस् 

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले पूँजीबजारमा सक्रिय सहभागिताको  प्रवर्द्धन गर्ने उद्देश्यका साथ थप सेवा सुरु गरेको बताए ।

उनका अनुसार यो सेवा सुरु भएसँगै थुप्रै साना तथा मझौला सेयर लगानीकर्ता लाभान्वित हुने अपेक्षा गरिएको छ । 

2990
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?