जोडिनुहोस
बिहिबार, साउन ७, २०८३
बिहिबार, साउन ७, २०८३
  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंकको संचालक समिति सदस्यमा लक्ष्मण घिमिरे मनोनित

राष्ट्रिय वाणिज्य बैंकको संचालक समिति सदस्यमा लक्ष्मण घिमिरे मनोनित

राष्ट्रिय वाणिज्य बैंकको संचालक समितिको सदस्यमा पूर्व बैंकर लक्ष्मण घिमिरे मनोनित भएका छन् । घिमिरे स्वतन्त्र (विज्ञ ) समूहबाट सदस्यमा मनोनित भएका हुन् ।

आज बसेको बैंक सञ्चालक समितिको बैठकमा घिमिरेले पद तथा गोपनियताको शपथ पनि लिएका छन् । उनले बैंक सञ्चालक समितिका अध्यक्ष डा . बलराम पाठक समक्ष  पद तथा गोपनियताको शपथ ग्रहण लिएका हुन् ।

घिमिरेको बैंकिङ क्षेत्रमा झण्डै ३५ वर्षको अनुभव रहेको छ । उनले ३० वर्ष कृषि विकास बैंकमा शाखा तथा विभागमा रहेर काम गरेका थिए ।

यस्तै ५ वर्ष राष्ट्रिय स्तरको लघुवित्त संस्था आरम्भ चौतारीमा प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका थिए ।

4550
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका