जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • खल्तीमा थपियो नयाँ सुविधा : मेरोसेयर, डिम्याट, एसआईपी भुक्तानीसँगै अब ब्रोकर पेमेन्ट र कोलेटरल लोड गर्न पनि मिल्ने

खल्तीमा थपियो नयाँ सुविधा : मेरोसेयर, डिम्याट, एसआईपी भुक्तानीसँगै अब ब्रोकर पेमेन्ट र कोलेटरल लोड गर्न पनि मिल्ने

भुक्तानी सेवा प्रदायक खल्तीले पूँजीबजारलाई केन्द्रित गरेर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) को सहकार्यमा टिएमएस अकाउन्टमा कोलेटरल लोड साथै ब्रोकरको भुक्तानी गर्न मिल्ने  सुविधा उपलब्ध गराएको छ।  

साना तथा मझौला लगानीकर्ताहरूलाई लक्षित गर्दै उपलब्ध गराइएको यस सुविधामार्फत् सेयर बजारमा लगानी गर्न इच्छुक लगानीकर्ताले हाललाई ३५+ ब्रोकर अकाउन्टमा कोलेटरल टिएमएसमार्फत् खल्ती प्रयोग गरि कोलेटरल लोड गर्न सक्नेछन्  ।

साथै उसले  छिट्टै नै अन्य ब्रोकरहरूलाई पनि यस सेवामा समावेश गरिने बताएको छ ।

यसैगरी खल्तीले यसअघिदेखि नै मेरो सेयर, डिम्याट, सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी) को भुक्तानी सुविधा उपलब्ध गराउँदै आइरहेको छ।

खल्ती प्रयोग गरि टिएमएस ब्रोकर अकाउन्टको कोलेटरल निम्न तरिकाले लोड गर्न सकिन्छ :

१)  आफ्नो ब्रोकरको टिएमएस पोर्टलमा जानुहोस् 
२) ‘फन्ड मेनेजमेन्ट’ मा जानुहोस् 
३) लोड कोलेटरल छनोट गर्नुहोस् 
४) बैंक अप्सनमा ‘खल्ती’ र पेमेन्ट मेथडमा ‘वेब’ छनोट गर्नुहोस्। ५) रकम र रिमार्क्स दाखिला गरि सब्मिट गर्नुहोस् 
६)पुनः खल्ती जानकारी दाखिला गरि सब्मिट गर्नुहोस् 

 ब्रोकरको भुक्तानी भने निम्न तरिकाले गर्न सकिन्छ : 

१)  आफ्नो ब्रोकरको टिएमएस पोर्टलमा जानुहोस् 
२) ‘फन्ड मेनेजमेन्ट’ मा जानुहोस् 
३) ‘फन्ड सेटलमेन्ट’ को ‘बाई इन्फर्मेसन’ मा जानुहोस्  
४)  ‘पेमेन्ट ड्यु’ छनोट गर्नुहोस् 
५) ‘खल्ती’ छनोट गरि भुक्तानी गर्नुहोस् 

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले पूँजीबजारमा सक्रिय सहभागिताको  प्रवर्द्धन गर्ने उद्देश्यका साथ थप सेवा सुरु गरेको बताए ।

उनका अनुसार यो सेवा सुरु भएसँगै थुप्रै साना तथा मझौला सेयर लगानीकर्ता लाभान्वित हुने अपेक्षा गरिएको छ । 

3490
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?

पेन्सन र अवकाश कोषमध्ये एक विकल्प छान्न पाउने अन्तिम दिन असार मसान्तसम्म १४ हजार ९७१ रोजगारदाता सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। कोषका सहप्रवक्ता रोहित रेग्मीका अनुसार असार मसान्तसम्म २ लाख ७३ हजार ७२८ कर्मचारी कोषमा आबद्ध भइसकेका छन्। TATARiddhi siddhi CementSkoda कोषले असार मसान्तसम्म आबद्ध हुन आउनेलाई पेन्सन वा अवकाश कोषमध्ये एउटा छान्ने विकल्प दिएको थियो। आजबाट आबद्ध हुने अनिवार्य रुपमा पेन्सन स्किममा सहभागी हुनु पर्नेछ। नभए कर्मचारीले जागिर छाड्दासम्म जम्मा भएको सम्पूर्ण रकम झिक्न पाउने थिए। अहिले सामाजिक सुरक्षा कोषको बैंक तथा वित्तीय संस्थाका कर्मचारीले विरोध गरिरहेका छन्। उनीहरुले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेका छन्। रेग्मीका अनुसार कोषमा ९ वटा वाणिज्य बैंक आबद्ध भए पनि ३ वटाले मात्र योगदान सुरु गरेका छन्। यसअघि लक्ष्मी र स्ट्यान्डर्ड चार्टर्ड आबद्भ भएकोमा नेपाल एसबीआइ बैंक पनि थपिएको छ। ३ वटा विकास बैंक आबद्ध छन्। १३ वटा फाइनान्स कम्पनी आबद्ध भएकोमा ९ वटाले योगदान पनि सुरु गरिसकेका छन्। ४६ वटा लघुवित्त संस्था आबद्ध छन्। यसमध्ये १८ वटाले योगदान सुरु गरिसकेका छन्। ३४ वटा बीमा कम्पनी आबद्धमध्ये १३ वटाले योगदान सुरु गरेका छन्। बैंक तथा वित्तीय संस्थाबाट कुल १०५ आबद्ध भएर ४३ वटाले योगदान सुरु गरिसकेका छन्। अधिकांश कर्पोरेट आबद्ध भइसकेका छन्। यसमा चौधरी समूह, डाबर नेपाल, युनिलिभर, केएल दुगड समूह, एफवान सफ्ट कम्पनी, एनसेललगायत छन्।