जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • सिमेन्टको मूल्यमा कार्टेलिङ गरेको आरोप, बढाइएको मूल्य खारेज गर्न निर्माण व्यवसायी महासंघको माग

सिमेन्टको मूल्यमा कार्टेलिङ गरेको आरोप, बढाइएको मूल्य खारेज गर्न निर्माण व्यवसायी महासंघको माग

नेपाल निर्माण व्यवसायी संघले सिमेन्ट उद्योगीमाथि कार्टेलिङ गरेको आरोप लगाएको छ। महासंघले आइतबार प्रेस विज्ञप्‍ति जारी गरी सिमेन्टमा बढाइएको मूल्य तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ।

‘सिमेन्ट उत्पादनसँग सम्बन्धित इन्धन लगायत कुनै पनि कच्चा पदार्थमा मूल्यवृद्धि नहुँदा र सिमेन्ट लगायत निर्माण सामग्रीको प्रयोग अत्यन्त न्यून भएको बखत हठात्‌मा सीमित उद्योगीले कार्टेलिङ गरी सिमेन्टको मूल्य प्रति बोरा १०० रुपैयाँभन्दा बढी बढाएकामा महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्‍तिमा भनिएको छ।

महासंघले सिमेन्ट उद्योगीमाथि कार्टेलिङ गरी मूल्य बढाएर दण्डनीय अपराध गरेको आरोप लगाएको छ।

‘विगतमा पनि कार्टेलिङ गरी पटक पटक भएका यस किसिमका मूल्यवृद्धिका कारण अन्तत: पूर्वाधार खर्च बढ्न गई नेपाल सरकारका सार्वजनिक निकायलाई नै आर्थिक बोझ थपिएको अवगत गराउँदै सिमेन्टमा भएको मूल्यवृद्धि अविलम्ब खारेज गरी उपभोक्तालाई राहत दिन महासंघ सरकारका सम्बन्धित निकायसमक्ष जोडदार माग गर्दछ’ भनिएको छ ।

835
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका