जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • भ्रष्टाचारले जेलिएपछि नयाँ स्टक ल्याउने विषयमा संचालक समितिमै लफडा, वैद्यले बहिष्कार गरे अन्यले जनाए अब्जेक्सन

भ्रष्टाचारले जेलिएपछि नयाँ स्टक ल्याउने विषयमा संचालक समितिमै लफडा, वैद्यले बहिष्कार गरे अन्यले जनाए अब्जेक्सन

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले केही व्यवसायिक घरानाको स्वार्थमा ठूलो आर्थिक चलखेल गरि जसरी पनि नयाँ स्टक लाइसेन्स ल्याउने प्रक्रिया अघि बढाएपछि बोर्ड संचालक समितिमै लफडा सुरु भएको छ । हमालले ठूलो आर्थिक चलखेलको आडमा आफ्नो कार्यकालको अन्तिम समयमा जसरी पनि नयाँ स्टक एक्सचेञ्जको लाईसेन्स ल्याउने भन्दै बैठक राखेपछि उपस्थित संचालकहरुले विरोध जनाएका हुन् ।

अध्यक्ष हमालले ठूलो आर्थिक चलखेलमा शक्तिकेन्द्रलाई रिजाएर जसरी पनि नयाँ स्टक लाईसेन्स ल्याउने भन्दै गत शुक्रबार संचालक समितिको बैठक राखेर अर्थ मन्त्रालयलाई सहजीकरण तथा निर्देशनका लागि भन्दै पत्र लेखेका थिए । अर्थ मन्त्रालयले भने यही सोमबार नयाँ स्टक लाइसेन्स दिने विषयमा यस अघि मन्त्रिपरिषद्ले भने बमोजिम नभएको भन्दै थप प्रक्रिया पूरा गर्नुपर्ने भन्दै जवाफ पठाएको थियो । तर, हमालले मन्त्रालयको उक्त जवाफको विषयमा चोर बाटोबाट प्रक्रिया अघि बढाउन हतारहतारमा बुधबार (आज) बिहान ९ बजे संचालक समितिको बैंठक राखेका थिए । उक्त बैठकमा उपस्थित अधिकांश सदस्यले नयाँ स्टकको विषयमा ठूलो भ्रष्टाचार भएको भन्दै अख्तियारदेखि अन्य निकायमा उजुरी परेको र यस विषयमा तत्काल अघि बढ्न उपयुक्त नहुने भन्दै अब्जेक्शन जनाएपछि हमाल थप दबाबमा परेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

नयाँ स्टक लाइसेन्सको प्रक्रिया बढाउनेसम्बन्धी आज भएको बैठकमा नेपाल उद्योग वाणिज्य महासंघबाट प्रतिनिधित्व गरेका सुरकृष्ण बैद्य उपस्थित नै भएनन् भने नेपाल राष्ट्र बैंकबाट प्रतिनिधित्व गर्ने संचालक डा. प्रकाशकुमार श्रेष्ठले अहिलेको अवस्थामा नयाँ स्टकको लाइसेन्स जारी प्रक्रिया रोक्नुपर्ने राय राखेर बैंठकबाट बाहिरिएको बोर्ड स्रोतले जानकारी दिएको छ । यस्तै अन्य सदस्यले पनि अर्थ मन्त्रालयले थप अध्ययन गर्नुपर्ने भनेर पत्र फर्काएको भन्दै यस विषयमा तेस्रो पक्षको संलग्नतामा अध्ययन गर्न कमिटि गठन गर्नुपर्ने माग रोखेका थिए ।

बोर्ड बैंठकमा संचालकहरु नै विरोध जनाएपछि अब कसरी अघि बढ्ने भन्ने सम्बन्धमा संचालकहरुसँग जवाफ माग्ने निर्णय भएको समेत एक संचालकले जानकारी दिए । ‘बोर्डमा अघिकांश सदस्यहरुले नयाँ स्टक वितरणसम्बन्धमा ठूलो भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको र नागरिक समाजदेखि मिडियासम्म सोहीअनुरुपमा समाचारहरु सम्प्रेषण भएको भन्दै प्रश्न गरेका थिए,’ ती सदस्यले भने, ‘कुनै एक व्यक्तिको स्वार्थमा सबै सदस्यहरुले भ्रष्टाचारको आरोप खेप्न नसक्ने भन्दै संचालकहरुले विरोध जनाएपछि अध्यक्ष हमालले आगामी दिनमा संचालकहरुसँगै थप राय मागेर अघि बढ्ने भन्दै पत्र काट्ने निर्णयमा पुगेका छन् ।’

बोर्ड अध्यक्ष हमालको कार्यकाल यही पुस तेस्रो साता सकिँदैछ । हाल उनी जसरी पनि स्टक लाइसेन्स जारी र आफ्नो कार्यकाल थप गर्ने दौडधुपमा लागेका छन् । यदि उनको कार्यकाल नथपिएमा उनले पुसको १२ गतेपनि दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय गर्न पाउने छैनन् भने नयाँ लाइसेन्स जारी प्रक्रिया पनि तत्कालका लागि स्थगित हुनेछ ।

हमालले आफु अध्यक्ष हुँदा नै स्वार्थ केन्द्रित व्यवसायिक घरानाबाट पैसा उठाएर जसरी पनि स्टक लाइसेन्स र कमोडिटी लाइसेन्स दिने ठेक्का लिएर आएको र उनको कार्यकालमा उक्त लाइसेन्स बाँड्न नसकेमा हमालमाथि ठूलो आर्थिक बोझ थपिने हुँदा उनले जसरी पनि लाइसेन्स वितरणलाई उच्च महत्वका साथ अघि बढाएका छन्

790
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका