जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • एशियन लाइफद्धारा ११ लाख ३९ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

एशियन लाइफद्धारा ११ लाख ३९ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

एशियन लाइफ इन्स्योरेन्स बिर्तामोड शाखाका बीमित अमरजीत ठाकुरको परिवारलाई मृत्यु दाबी भुक्तानी दिएको छ । उनको विश्वव्यापि कोरोना माहामारीबाट उपचारको क्रममा जेठ ८ गते मृत्यु भएको थियो । निजको आमा निर्मला देवि ठाकुर एवं श्रीमती सती कुमारी शर्मालाई निजहरुकै घरदैलो हल्दीबारी –०१,गोलधाप, झापा गई ११ लाख ३९ हजार २३३ रुपैयाँको चेक दिएको कम्पनीले जनाएको छ ।

सो रकम बराबरको चेक गांउपालिकाका वडा अध्यक्ष त्रिलोचन सापकोटा, बिर्तामोड शाखाका शाखा प्रबन्धक सुजन भण्डारी, काकडभित्ता ईन्चार्ज दुर्गाप्रसाद निरौलाले सयुक्त दिएका हुन् ।

मृतक ठाकुरले २ वर्ष अगाडि १० लाखको ४/४ वर्षमा फिर्ता हुने र अवधि सक्के पछि पनि बिमा रहीरहने एशियन लाइफको लोकप्रिय योजना जिवन संजिवनी बीमा योजनामा बीमा गराएका थिए ।

उक्त कार्याक्रममा वडा अध्यक्ष सापकोटा यस्तो घरदैलो मृत्युदाबि भुक्तानी कार्याक्रमले समाजमा सकारात्मक सन्देश दिने कुरा व्यत्त गदै एशियन लाई धन्यवाद दिएका थिए । उक्त कार्याक्रममा समाजिक अभियान्ता प्रकाश कार्की, एशियन लाईफका बि.एम एव संहकारी म्यानेजर धन कुमारी कार्की, पुर्णावती लिम्बु, सुर्य बहादुर श्रेष्ठ लगायत बिमीत, अभिकर्ता, संधसंस्थाका प्रतिनिधी,स्थानिय जनताको उपस्थिती रहेको थियो ।

4385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका