जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • लक्ष्मी सनराइज बैंकले ७ प्रतिशत बोनस सेयर दिने प्रस्तावसहित बोलायो साधारणसभा

लक्ष्मी सनराइज बैंकले ७ प्रतिशत बोनस सेयर दिने प्रस्तावसहित बोलायो साधारणसभा

लक्ष्मी सनराइज बैंकले लाभांश वितरणको प्रस्तावसहित साधारण सभा बोलाएको छ। बुधबार बसेको बैंकको सञ्चालक समितिले पुस २६ गते बिहीबारका लागि सभा आह्वान गरेको हो।

सभा अग्रवाल भवन कमलपोखरीमा दिउँसो २ बजेका लागि आह्वान गरिएको छ। सभाले प्रस्तावित लाभांश वितरणको एजेण्डा पारित गर्नेछ।

गत आर्थिक वर्षको नाफाबाट लगानीकर्ताहरुलाई ७ प्रतिशतले हुन आउने १ अर्ब ५१ करोड ९८ लाख बराबरको बोनस सेयर दिने प्रस्ताव सभाम लैजाँदै छ। यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.३७ प्रतिशतले हुन आउने ७ करोड ९८ लाख बराबरको नगद लाभांश दिँदैछ।

बैंकले पुस १९ गतेका लागि बुक क्लोज मिति तोकेको छ।

4450
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका