जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रभु लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नविकरण गर्दा शत प्रतिशत व्याज छुट दिने

प्रभु लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नविकरण गर्दा शत प्रतिशत व्याज छुट दिने

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा शत  प्रतिशत ब्याज छुट दिने भएको छ । कम्पनीले बीमितहरुको मागलाई ध्यानमा राखी कम्पनीबाट जारी भएका र विभिन्न कारणले बीमाशुल्क तिर्न बाँकी भई म्याद नाघेका व्यतित बीमालेखहरुमा छुट दिने जनाएको छ ।

कम्पनीले व्यतित भएका बीमालेखहरु २०७८ असोज ७  गतेदेखि कार्तिक ५ गतेसम्म आवश्यक प्रकृया पूरा गरी पुनर्जागरण गर्दा विलम्ब शुल्क (ब्याज) मा शत प्रतिशत छुट गर्ने जनाएको छ ।

दुई वर्षभन्दा बढी समय व्यतित भएका बीमालेखहरुको हकमा  मात्र यो सुविधा लागु हुने छ  । एक पटक ब्याज छुट गरिसकेको बीमालेखमा बीमा अवधि भर पुनः ब्याज छुट प्रदान गरिने छैन् ।

जसका लागि कम्पनीको कर्पोरेट तथा प्रदेशस्थित शाखा कार्यालय, तथा उपशाखा कार्यालयहरुबाट व्यतित भएका बीमालेखहरु नबिकरण गर्न सकिने कम्पनीले जनाएको छ   ।

4300
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका