जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • निर्जीवन बीमा कम्पनीको व्यवसायमा गिरावट, मंसिरसम्म १५ अर्ब बीमा शुल्क संकलन  

निर्जीवन बीमा कम्पनीको व्यवसायमा गिरावट, मंसिरसम्म १५ अर्ब बीमा शुल्क संकलन  

निर्जीवन बीमा कम्पनीको व्यवसायमा गिरावट आएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब ७२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।

कम्पनीहरुले संकलन गरेको बीमा शुल्क गत वर्षको सोही अवधिको तुलनामा २५ करोड ७४ लाख रुपैयाँले कम हो। २०७९ को मंसिरसम्म निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब ९७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए।

प्राधिकरणका अनुसार गत वर्ष मंसिरसम्मको तुलनामा निर्जीवन बीमा कम्पनीको व्यवसाय (लघुबीमा कम्पनी बाहेक) औसतमा १.६१ प्रतिशतले घटेको हो।

चालु वर्षको मंसिरसम्म लघु बीमा कम्पनी नेपाल माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले २ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।

यो वर्ष थप दुई लघु बीमा कम्पनीले गरेको व्यवसाय जोड्दा समेत निर्जीवन बीमा कम्पनीको बीमा शुल्क संकलन २२ करोड ९५ लाख रुपैयाँले घटेको तथ्यांकले देखाउँछ।

कम्पनीहरुले जारी गरेको बीमालेखको संख्या भने गत वर्षको भन्दा २५ हजार १८३ ले बढी छ। गत वर्षको मंसिरसम्म निर्जीवन बीमा कम्पनीले ११ लाख ४७ हजार बीमालेख जारी गरेका थिए। यो वर्षको सोही अवधिमा ११ लाख ७२ हजार बीमालेख जारी गरेको प्राधिकरणले जनाएको छ।

गत वर्षदेखि अर्थतन्त्रमा देखिएको शिथिलता, सुस्त आर्थिक गतिविधि र उपभोक्ताको क्रयशक्तिमा आएको ह्रासका कारण बीमा व्यवसायमा गिरावट आएको हो। सोही कारण चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाको नाफामा समेत गिरावट आएको थियो।

निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको मंसिरसम्म संकलन गरेको प्रिमियम रकम

निर्जीवन बीमा कम्पनी२०८०/८१*२०७९/८०*फरक %
नेपाल इन्स्योरेन्स कम्पनी६,१९१.९०६,६४९.७२-६.८८
ओरिएन्टल इन्स्योरेन्स नेपाल७,२७१.२५५,८९५.९०२३.३३
नेशनल इन्स्योरेन्स५,११९.७४४,१३६.२५२३.७८
हिमालयन एभरेस्ट१३,९५३.८५११,०२५.८३२६.५६
युनाइटेड अजोड१०,७१२.३८१२,४६५.३९-१४.०६
सिद्धार्थ प्रिमियर१६,५१९.१९२०,३६५.४४-१८.८९
नेको इन्स्योरेन्स१३,३३०.०६१२,७८५.२७४.२६
सगरमाथा लुम्बिनी१९,९९७.०१२०,९२३.१३-४.४३
प्रभु इन्स्योरेन्स८,४१४.१६६,०४९.३८३९.०९
शिखर इन्स्योरेन्स१५,७७६.५३१५,४०५.०४२.४१
एनएलजी इन्स्योरेन्स१०,१६४.३९९,३८०.८६८.३५
राष्ट्रिय बीमा कम्पनी६,२६१.५११३,४७८.७७-५३.५५
सानीमा जीआइसी९,६८६.१०८,३१२.१४१६.५३
आइजीआइ प्रुडेन्सियल१३,८१२.०८१२,९११.६९६.९७
*रु लाखमा

मंसिरसम्म १४ मध्ये पाँच कम्पनीको बीमा शुल्क आर्जन घटेको छ भने ९ कम्पनीले व्यवसाय बढाएका छन्।

यस अवधिमा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ अर्ब ९९ करोड बीमा शुल्क संकलन गरेको छ। गत वर्षको सोही अवधिमा २ अर्ब ९ करोड बीमा शुल्क आर्जन गरेको कम्पनीको व्यवसाय ४.४३ प्रतिशतले घटेको हो।

व्यवसायमा सबैभन्दा पछाडि नेशनल इन्स्योरेन्स छ। उक्त कम्पनीले चालु वर्षको पाँच महिनामा ५१ करोड बीमा शुल्क संकलन गरेको छ।

व्यवसाय बढाउनेमा प्रभु इन्स्योरेन्स पहिलो स्थानमा छ। यस कम्पनीले गत वर्षको मंसिरको तुलनामा यस वर्ष ३९ प्रतिशतले बीमा शुल्क बढाएको छ।

सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीको व्यवसाय ५३५५ प्रतिशतले घटेको छ। गत वर्षको मंसिरसम्म १ अर्ब ३४ करोड बीमा शुल्क संकलन गरेकोमा यस वर्षको सोही अवधिमा ६२ करोडमा खुम्चिएको छ।

770
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका