जोडिनुहोस
बिहिबार, बैशाख ११, २०८२
बिहिबार, बैशाख ११, २०८२
  • होमपेज
  • नेशनल लाइफ इन्स्योरेन्स तीनकुने शाखाद्धारा बीमा दावी भुक्तानी

नेशनल लाइफ इन्स्योरेन्स तीनकुने शाखाद्धारा बीमा दावी भुक्तानी

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको तीनकुने शाखाले आज एक कार्यक्रमका बीच बीमितको घर नजिकै पुगेर पाँच लाख ८० हजार रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ ।

सिन्धुपाल्चोक भोटेचौर निवासी ३२ बर्षिय ईश्वरी मैनालीको गत भदौं २० गते असामयिक निधन भएको थियो । पाँच लाख रुपैयाँको बीमा गरेकी उनको हक वाला १० वर्षीय छोरा सुदिप पौडेललाई घर नकिजैको मेलम्ची नगरपालिका वडा नं १ को कार्यालयमा पुगेर बीमा कम्पनीले दावी भुक्तानी रकम हस्तान्तरण गरेको हो ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, तीनकुने शाखाका प्रमुख सुर्य बहादुर श्रेष्ठ, नेशनल लाइफ राज निर्मला एजेन्सी कार्यालय प्रमुख यतिराज अधिकारीको उपस्थितिमा मेलम्ची नगरपालिका वडा नं १ का अध्यक्ष कृष्ण मुरारी चौलागाईले हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बीमा गराउने तथा दावी भुक्तानीको लागि आवश्यक कागजात पुर्याएर सहयोग गरेकी सरिता अर्याल रोक्का पनि उपस्थिति रहेको थियो । बीमा दावी भुक्तानी रकम हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष चौलागाईले जीवन बीमा आम जनताको निकै महत्वपूर्ण र जरुरी रहेका बताउँदै बीमा मानिसको जीवनमा जुनसुकै बेला पर्न सक्ने अप्रत्यासित घट्नाबाट बच्न सकिने आर्थिक आधार भएकोले सबै मिलेर बीमा गर्न आग्रह गरे । उनले जीवन बीमाको निकै ठूलो महत्व रहेको बताए । बीमितको लागि दावी भुक्तानीको चेक बोकेर वडा कार्यालयमा बीमा कम्पनीका प्रतिनिधिहरु पुगेपछि आभार व्यक्त गर्दै वडा अध्यक्ष चौलागाईले आज हस्तान्तरण गरिएको रकमले टुहुरो भएका १० बर्षिय सुदिप पौडेलको शिक्षादीक्षामा महत्वपूर्ण योगदान पुग्ने बताए ।

2095
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका