जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • हिमालयन एभरेष्टले माघ २५ मा डाक्यो साधारणसभा : लाभांश एजेण्डा, सञ्चालकको भत्ता बढ्ने

हिमालयन एभरेष्टले माघ २५ मा डाक्यो साधारणसभा : लाभांश एजेण्डा, सञ्चालकको भत्ता बढ्ने

हिमालयन एभरेष्ट लिमिटेडले माघ २५ गते वार्षिक साधारणसभा डाकेको छ। कम्पनीको ३०औं सभाले सञ्चालक समितिबाट प्रस्तावित लाभांश पारित गर्नेछ।

कम्पनीले चुक्ता पुँजी २ अर्ब ३० करोड रुपैयाँको ६.३७ प्रतिशत नगद लाभांश सेयरधनीलाई प्रस्ताव गरेको छ। यो भनेको १४ करोड ६६ लाख रुपैयाँ हो।

यसबाहेक कम्पनीले ८.६३ प्रतिशत बोनस सेयर दिनेछ। कम्पनीको चुक्ता पुँजी १९ करोड ८६ लाख रुपैयाँले बढ्नेछ।

सभाले सञ्चालकहरुको सुविधा तथा भत्ता वृद्धी गर्ने प्रस्ताव पनि पारित गर्नेछ। कम्पनीले प्रस्ताव गरेको लाभांशका लागि माघ १३ गते सेयरधनी भइसक्नु पर्नेछ।

3200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका