जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • सहकारी ठगेर जेलमा रहेका कुमार रम्तेलसहित ८७ कम्पनीले तिरेनन् कर

सहकारी ठगेर जेलमा रहेका कुमार रम्तेलसहित ८७ कम्पनीले तिरेनन् कर

आयकर तथा मूल्य अभिवृद्धि कर नतिर्ने ८७ वटा कम्पनीलाई आन्तरिक राजस्व कार्यालयले तिर्नका लागि ७ दिनको अल्टिमेटमा दिएको छ ।

राजस्व कार्यालय बानेश्वर शाखाले कम्पनीलाई सात दिनभित्र बक्यौता कर भुक्तान गर्न निर्देशन दिएको हो । करदाता सम्पर्कमा नआएपछि कार्यलयले सात दिने सूचना जारी गर्दै कर तिर्न निर्देशन दिएको हो ।

कार्यालयले माघ १२ गतेसम्म कर बुझाउन बाँकी रहेका कम्पनीहरुलाई सात दिनभित्र कर तिर्न निर्देशन दिएको हो । उक्त समयमा कर तिर्न नआउने कम्पनीलाई कार्यालयले आयकर ऐन २०५८, मूल्य अभिवृद्धि कर ऐन २०५२ बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।

आयकर ऐन, २०५८ को दफा १०३ देखि १११ सम्म र मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१ को उपदफा १ बमोजिम कर तिर्न नआउने कम्पनीको मूल कम्पनी अथार्त मूल साझेदार व्यक्ति समेतबाट बक्यौता रकम असुल उपर गर्न कानुनी कारबाही अगाडि बढाउने सूचनामा जनाइएको छ ।

साढे ५५ लाख भ्याट नतिरेपछि ठगी प्रकरणमा हाल पक्राउ परेका पोखराको सूर्यदर्शन सहकारी संस्थाका कोषाध्यक्ष एवं ग्यालेक्सी फोरके टेलिभिजन सञ्चालक संस्था गाेरखा मिडिया नेटवर्क प्रालिका उपाध्यक्ष कुमार रम्तेल लगायतलाई ७ दिनभित्र तिर्न कार्यालयले निर्देशन दिएको हो ।

3065
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्