जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • काठमाडौंमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दुई नयाँ शाखा विस्तार

काठमाडौंमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दुई नयाँ शाखा विस्तार

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरु विस्तार गरेको छ ।

बैंकले काठमाडौं महानगरपालिका–३१ मा शंखमुल शाखा र काठमाडौं महानगरपालिका–२९ मा अनामनगर शाखा सञ्चालनमा ल्याएकोे हो । यी दुई शाखाहरु गरी बैंकको शाखा संख्या २६४ पुगेको छ । नयाँ शाखाहरुबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ ।

नयाँ शाखाहरुको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतीप्रकाश पाण्डेले गरेका हुन् ।
पाण्डेले नयाँ शाखाहरुबाट ग्राहकहरुले उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु पाउने विश्वास व्यक्त गरे ।

काठमाडौं उपत्यकामा चाँडै नै थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए

1465
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका