जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राष्ट्रिय बीमा कम्पनीको नाफा २६% ले बढ्यो

राष्ट्रिय बीमा कम्पनीको नाफा २६% ले बढ्यो

राष्ट्रिय बीमा कम्पनीले आर्थिक वर्ष २०७८ /७९ को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । यस अवधिमा कम्पनीले सबै वित्तीय सूचकमा राम्रो प्रगति गरेको देखिएको छ । कम्पनीको अधिकांश वित्तीय सूचक बढेका छन् ।

कम्पनीले यस अवधिसम्ममा ३४ करोड २६ लाख ८९ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा २६ दशमलव ४१ प्रतिशतले बढी हो ।

२६ करोड ६६ लाख ३९ हजार रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ३ अर्ब १० करोड ३३ लाख रुपैयाँ संचिती रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषको आकार बृद्धि भएको हो ।

यस समिक्षा अवधिमा कम्पनीको बीमा कोषमा २ अर्ब ६० करोड १५ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीले २४ करोड ५३ लाख ८७ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ३७ लाख २१ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन समान्य बृद्धि भएको हो ।

यस अवधिमा कम्पनीले ३ करोड २४ लाख ६८ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी रकम घटेको हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ४३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १७१ रुपैयाँ ३६ पैसा रहेको छ । मुल्य आम्दानी अनुपात १३३.०५ गुणा रहेको छ । प्रति शेयर नेटवर्थ १३४५ रुपैयाँ ०८ पैसा रहेको छ ।

3785
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका