जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • बैंकिङ प्रणालीमा एकैदिन थपियो ७ अर्ब लगानीयोग्य रकम

बैंकिङ प्रणालीमा एकैदिन थपियो ७ अर्ब लगानीयोग्य रकम

पछिल्लो एक दिनमा बैंकिङ प्रणालीमा ७ अर्ब रुपैयाँ निक्षेप रकम थपिएको छ। माघ ८ गते बैंक तथा वित्तीय संस्थामा ६१ खर्ब २० अर्ब निक्षेप थियो। जुन माघ ९ गते ७ अर्ब थपिएसँगै बैंक तथा वित्तीय संस्थामा कुल ६१ खर्ब २७ अर्ब पुगेको छ।

यस्तै अवधिमा बैंकहरुको कर्जा लगानी समेत बढेर ५० खर्ब ७१ अर्ब रुपैयाँ पुगेको केन्द्रीय बैंकले जनाएको छ। माघ ८ गतेसम्म कुल ५० खर्ब ६९ अर्ब कर्जा लगानी गरेका बैंक तथा वित्तीय संस्थाहरुले माघ ९ गते नै २ अर्ब रुपैयाँले कर्जा लगानी विस्तार गरेका हुन्।

कुल लगानीमध्ये ४४ खर्ब ८२ अर्ब रुपैयाँ २० वटा वाणिज्य बैंकहरुले लगानी गरेका छन् भने बाँकी ५ खर्ब ८९ अर्ब रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्थाहरुले गरेका छन्।
माघ ९ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुले जम्मा ८०.११ प्रतिशत सीडी रेसियो (कर्जा निक्षेप अनुपात) कायम गरेका छन्। मौद्रिक नीति अनुसार केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ९० प्रतिशतको सीमा दिएको छ। तथ्यांक हेर्दा अझै बैंक तथा वित्तीय संस्थाहरुसँग ६ खर्बमाथि लगानीयोग्य पुँजी (तरलता) रहेको देखिन्छ।

1605
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका