जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सीजी मोटोकर्पले सार्वजनिक गर्‍यो सुजुकीको ग्राण्ड भिटारा र नयाँ ब्रेजा, मूल्य कति ?

सीजी मोटोकर्पले सार्वजनिक गर्‍यो सुजुकीको ग्राण्ड भिटारा र नयाँ ब्रेजा, मूल्य कति ?

नेपालका लागि सुजुकी व्राण्डको चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सिजि होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सिजि मोटोकर्प तथा सिजि नेक्टजेनले नेपालमा दुई नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ सार्वजनिक गरेको छ ।

शुक्रबार धोविघाटस्थित सुकुकीको सोरुमबाट यी दुई गाडीहरु सार्वजनिक गरिएका हुन् ।

शुक्रबार सार्वजनिक भएको ‘द ग्राण्ड भिटारा’, सुजुकीको बहुप्रतिष्ठित मोडेल हो र यो नयाँ संस्करणको ग्राण्ड भिटारामा सुजुकीको आफ्नै क्राफटेड फ्युचरिजम डिजाइन ल्याङ्वेजको प्रयोग गरिएको छ । नयाँ प्रविधिको प्रयोगका कारण यो गाडी अरु भन्दा फरक बाहिरी डिजाइन र प्रिमियम इन्टेरियरसहित रहेको सार्वजनिक कार्यक्रममा बताईएको छ ।

सुजुकीको लेजेण्डरी भएको गाडीमा अल ग्रिप टेक्नोलोजी भएकाले यो एसयूभीको अफ-रोड क्षमता अन्यको भन्दा धेरै हुने बताइएको छ । यो सेग्मेंटको एसयूभीमा नभएको थुप्रै नयाँ फिचर्सहरु पनि रहेका छन् । ग्राण्ड भिटारामा बजारमै पहिलो पटक, अत्याधुनिक र कम इन्धन खपत गर्ने फुल हाइब्रिड प्रविधियुक्त इन्जिन प्रयोग गरिएको छ ।

त्यस्तै, यसअघिको पुरानो संस्करणको भिटारा ब्रेजा नेपालकै सर्वाधिक बिक्रि हुने एसयूभी हो । ब्रेजामा अत्याधुनिक प्रविधिहरू र नेक्स्ट-जेनेरेशनको आराम र सुविधाजनक फिचर्सहरु पाउन रहेका छन् । पुरानो संस्करढमा थप सुविधाहरु थप्दै शुक्रबार सार्वजनिक भएको नयाँ ब्रेजामास्टाइलिश र रोमाञ्चक नयाँ डिजाइन, शक्तिशाली पर्फोमेन्स, उन्नत सुरक्षा सुविधाहरू रहेका छन् । नयाँ ब्रेजामा हाई-टेक सुविधाहरू छन् जुन सहर र बाहिर सडकहरूमा ड्राइभ गर्दा वास्तवमै उपयोगी हुने कम्पनीले बताएको छ ।

निकै प्रतिस्पर्धी एसयूभी सेग्मेंटमा यी दुई एसयूभीले सुजुकीको उपस्थितिलाई अझै मजबुत बनाउने बिश्वास कम्पनीले लिएको कार्यक्रममा बताईएको थियो । कम्पनीका कार्यकारी निर्देशक श्री करण चौधरीले भने, ‘पछिलो समयमा नेपाली बजारमा एसयूभीको माग उच्च छ । यसको एउटा प्रमुख कारण हाम्रो देशमा रहेको फरक फरक ड्राइभिङ अवस्था हुन जसको लागि एसयूभी उचित हुन्छ । साथै ग्राहकबर्गले आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, नयाँ नयाँ अटो मोबाइल प्रविधियुक्त सवारी नै रोज्ने गर्दछन । सेगमेन्ट-फर्स्ट सुविधाहरू, प्रिमियम इन्टेरियर, आकर्षक डिजाइन र उन्नत अटो मोबाइल प्रविधियुक्त नयाँ ग्रान्ड भिटारा र ब्रेजा, यो सेगमेंटमा गेम चेन्जर हुनेछ ।’

शुक्रबार सार्वजनिक भएको ग्राड भिटारा क्राफ्टेड फ्युचरिज्म डिजाइनसहितको रहेको छ । भविष्यबाट प्रेरित, यो डिजाइन भाषा नयाँ नेपाली ग्राहकको राजाईसँग मेल गर्न विशेष रूपमा तयार गरिएको कम्पनीले जनाएको छ । कलात्मक रुपमा डिजाइन गरिइको यो डिजाइन नयाँ युगको प्रविधिसहित भएकाले जुन पिडिका ग्राहकको पनि रोजाईमा पर्ने र ग्राहकलाई प्रिमियम अनुभव दिने किसिमले तयार गरिएको कम्पनीले जनाएको छ।

त्यस्तै, ग्रान्ड भिटारा दुई फरक इन्जिनका विकल्पहरूमा उपलब्ध छन् । यसमा दोहोरो पावर प्रणाली सहितको लि. इन्टेलिजेन्ट इलेक्ट्रिक हाइब्रिड इन्जिन रहेको छ । उक्त इञ्जिनमा विद्युतीय मोटर र पेट्रोल इन्जिन रहेको कम्पनीले जनाएको छ । आफै चार्ज हुँने र उर्जा पुर्नउत्पादन गर्ने प्रबिधि युक्त पावरफुल इलेक्ट्रिक हाइब्रिड इन्जिन यो गाडीमा रहेको छ । त्यस्तै, फरक बाटोको लागि फरक फरक ड्राइभ मोडहरू पनि रहेको यो गाडीले उत्कृष्ट पावर र पिकअप दिने कम्पनीले जनाएको छ ।

त्यस्तै, गाडीमा प्यानारोमिक सनरुफ, पूर्ण डिजिटल इन्स्ट्रुमेन्टल क्लस्टर, चालक र सहचालकलाई भेन्टिलेटेड सीट रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै, नयाँ मोडलको ब्रिजामा आधुनिक र आरामदाई इन्टेरियर, स्पोर्टी अनुभवको लागि ड्यूल टोन कालो र ब्राउन इन्टेरियर (डाइनामिक हनीकोम्ब प्याटर्न रहेका छन् । चालकको आराम र सुविधालाई ध्यान दिई बनाएको इन्टेरियर, थप आकर्षक बनाउन इन्स्ट्रुमेन्टल प्यानलमा सिल्वर फिनिशसहित गाडी तयार भएको कम्पनीले जनाएको छ । उक्त गाडीमा नयाँ पुस्ताका ग्राहकका लागि नेक्स्ट–जेन टेक्नोलोजी पनि रहेको कम्पनीले जनाएको छ ।

यी दुवै गाडीमा ६ वटा एयरब्यागहरु रहेका छन् ।

शुक्रबारबाट नेपाली बजारमा सार्वजनिक भएका यी दुई गाडीमध्ये ग्राड भिटाराको मूल्य सुरुवातमा ६३ लाख ९९ हजारदेखि ८८ लाख २९ हजारसम्म रहेको छ । त्यस्तै, ब्रिजा स्मार्ट हाइब्रिडको मूल्य सुरुवातमा ४४ लाख ९९ हजारदेखि ५६ लाख २९ हजारसम्म रहेको कम्पनीले जनाएको छ ।

‘विषेश परिचयात्मक मूल्य’ सहुलियत लिनका लागि २७ फाल्गुनसम्म रहेकाले सो दिनसम्म यी गाडीहरु बुक गर्नेलाई कम्पनीले विशेष छुटको पनि व्यवस्था गरेको बताईएको छ ।

1580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?