जोडिनुहोस
शनिबार, बैशाख २२, २०८१
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • एशियन लाइफद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

एशियन लाइफद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीको माघ १२ गते साँझ ५ बजे बसेको सञ्चालक समितिको १८८ औं बैठकले आर्थिक वर्ष २०७९-८० को सञ्चित मुनाफाबाट ७.७५ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको हो ।

हाल यो कम्पनीको चुक्तापूँजी ३ अर्ब १५ करोड रहेको छ । कम्पनीले चुक्तापूँजीको ७.७५ प्रतिशतले हुन आउने २४ करोड ४५ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि १ करोड २८ लाख बराबर नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

लाभांश प्रस्तावसहित आर्थिक वर्ष २०७९-८० को नाफा नोक्सान हिसाब तथा वित्तीय विवरण नेपाल बीमा प्राधिकरणमा स्वीकृतिका लागि पेश गरिने बताइएको छ ।

प्राधिकरणबाट प्रस्तावित लाभांश स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।

460
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका