जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

नेपाल इन्स्योरेन्स कम्पनीले आफ्नो ७६औँ वार्षिकोत्सव मनाएको छ। कम्पनीका सञ्चालक समितिका अध्यक्ष लक्ष्मण पौडेलको सभापतित्वमा काठमाण्डौको कमलादीस्थित प्रधान कार्यालयमा विविध कार्यक्रमसहित सम्पन्न भएको हो।

कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत ईश्वर पोखरेलले स्वागत मन्तव्य राख्दै नेपालको बीमा उद्योगमा यस कम्पनीको छुट्टै पहिचान र पहुँच कायम राखी ७६ वर्षभन्दा बढी उत्कृष्ट सेवा निरन्तर रुपमा दिई आएकोमा आगामी दिनमा अझ परिष्कृत, चुस्त र शीघ्र बनाई समयानुकूल नवीनतम प्रविधिको माध्यमबाट आधुनिक बीमाका योजना तथा सुविधाहरु सरल र सहज तरिकाले बीमितसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरे।

वार्षिकोत्सव कार्यक्रमका सभापति एवं सञ्चालक समितिका अध्यक्ष लक्ष्मण पौडेलले नेपाल इन्स्योरेन्स कम्पनीप्रति प्रगाढ विश्वास गरी सहयोग पुर्याउने सम्पूर्ण ग्राहक, लगानीकर्ता, पूर्वसञ्चालक तथा कर्मचारी हाल कार्यरत सम्पूर्ण कर्मचारी, नियामक निकाय र सम्बन्धित सबैमा हृदयदेखि नै आभार व्यक्त गरे।

कार्यक्रममा कम्पनीको सेवामा समर्पित गरी २५ वर्ष सेवा अवधि पुगेका ७ जना कर्मचारीलाई पदक तथा कदरपत्र र २० वर्ष सेवाअवधि पुगेका १० जना कर्मचारीहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो।

4440
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका