

सिटिजन्स बैंकले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले माघ १२ गते बोर्डमा आवेदन दिएको हो ।
बैंकले प्रति ऋणपत्र १ हजार अंकित मूल्यका ३ अर्बले हुन् आउने ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । उक्त ऋणपत्र मध्ये १८ लाख अर्थात् १ अर्व ८० करोड रकम बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र १२ लाख अर्थात् १२ करोड बराबरको ऋणपत्र रकम सर्वसाधारण नेपालीहरुमा सार्वजनिक निष्कासनबाट बिक्री हुने छ।
१० वर्षे अवधिकोको यस ऋणपत्रमा बैंकले ८.५ प्रतिशत ब्याज प्रदान गर्ने छ । ऋणपत्र निष्काशनको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।