जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • ६ महिनाको अवधिमा २० वाणिज्य बैंकको निक्षेप ३ खर्ब ५० अर्ब १५ करोडः कर्जा प्रवाह र निक्षेप संकलनमा ६ बैंक आक्रमक !

६ महिनाको अवधिमा २० वाणिज्य बैंकको निक्षेप ३ खर्ब ५० अर्ब १५ करोडः कर्जा प्रवाह र निक्षेप संकलनमा ६ बैंक आक्रमक !

नेपालका २० वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७९÷८० को पहिलो ६ महिनामा ३ खर्ब, ५० अर्ब, १५ करोड निक्षेप संकलन गरेको भेटिएको छ । अर्थतन्त्र सुस्त गतिमा चलिरहेको अवस्थामा ६ वटा वाणिज्य बैंकहरुले भने कर्जा प्रवाह र निक्षेप संकलनमा आक्रमक निति लिएको देखिन्छ भन्दा फरक पर्दैन ।

एनआइसी एशिया बैंक लिमिटेड
पुँजीकोष अनुपात टाइट भएपछि केही समय सुस्त रहेको एनआइसी एशिया बैंक फेरि पुरानै शैलीमा आक्रामक देखिएको छ । एनआइसी एशियाले चालु आर्थिक वर्षको ६ महिनामा २२.४४ अर्थात् ६९ अर्ब ८९ करोड ५३ लाख रुपैयाँले निक्षेप बढाएको छ भने कर्जा ११.२५ प्रतिशत अर्थात् ३० अर्ब ६१ करोड रुपैयाँले बढाएको छ । २०८० असार मसान्तमा ३ खर्ब ११ अर्ब ३६ करोड रुपैयाँ रहेको कुल निक्षेप २२.४४ प्रतिशतले बढाएर २०८० पुस मसान्तमा ३ खर्ब ८१ अर्ब २६ करोड रुपैयाँ पुर्याएको छ । त्यस्तै, २ खर्ब ७२ अर्ब ६ करोड रुपैयाँ रहेको कर्जा ११.२५ प्रतिशतले बढाएर ३ खर्ब २ अर्ब ६७ करोड रुपैयाँ पुर्याएको छ । ६ महिनाको अवधिमा एनआइसी एशिया बैंक सबैभन्दा धेरै निक्षेप संकलन गर्नेको सूचिमा पहिलो नम्बरमा छ ।

प्राथमिक पुँजीकोषमा चुक्ता पुँजी र जगेडा कोष पर्छ भने पूरक पुँजीमा कन्भर्टेवल ऋणपत्र लगायतका हाइब्रिड इन्ट्रुमेन्टहरु पर्छन् । एनआइसी एशिया बैंकको प्राथमिक पुँजीकोष टाइट भएका कारण राष्ट्र बैंकले दुई वर्ष लाभांश वितरणमा रोक लाएको थियो । दुई वर्ष लाभांश रोक्दा गत वर्षको अन्त्यमा बैंकको पुँजीकोष १३.३९ प्रतिशत पुगेको थियो ।

गत आर्थिक वर्षको नाफाबाट बैंकले २९ प्रतिशत बोनस सेयर दिएपछि बैंकको पुँजीकोष खुकुलो भएको थियो । यति आक्रामकरुपमा कर्जा विस्तार गर्दा पनि अहिले बैंकको पुँजीकोष अनुपात १२.२५ प्रतिशत छ । राष्ट्र बैंकको नियम अनुसार पुँजीकोष अनुपात ११ प्रतिशतभन्दा कम हुनु हुँदैन । जसमा ८.५ प्रतिशत प्राथमिक पुँजी (टायर वान) र पूरक पुँजी (टायर टु) २.५ प्रतिशत गरी कुल पुँजीको ११ प्रतिशतभन्दा कम हुनु हुँदैन । प्राथमिक पुँजीकोषमा चुक्ता पुँजी र जगेडा कोष पर्छ भने पूरक पुँजीमा कन्भर्टेवल ऋणपत्र लगायतका हाइब्रिड इन्ट्रुमेन्टहरु पर्छन् । एनआइसी एशिया बैंकको प्राथमिक पुँजीकोष टाइट भएका कारण राष्ट्र बैंकले दुई वर्ष लाभांश वितरणमा रोक लाएको थियो । दुई वर्ष लाभांश रोक्दा गत वर्षको अन्त्यमा बैंकको पुँजीकोष १३.३९ प्रतिशत पुगेको थियो । यसरी रोकिएको लाभांश तेस्रो वर्ष आएर बाँड्दा यो बैंकले एकैपटक २९ प्रतिशत बोसन सेयर दिएर प्राथमिक पुँजीकोष बढायो । र फेरि आक्रामक व्यवसाय विस्तारमा लाग्यो ।

नबिल बैंक लिमिटेड
पछिल्लो ६ महिनामा निक्षेप संकलनमा एनआइसी एशिया पहिलो नम्बरमा भए पनि कर्जा विस्तारमा भने नबिल बैंक पहिलो नम्बरमा छ । २०८० को साउन १ गतेदेखि पुस अन्तिमसम्ममा बैंकले ३२ अर्ब ७५ करोड २४ लाख अर्थात् ९.६० प्रतिशतले बढाएर कुल कर्जा ३ खर्ब ७३ अर्ब ७३ करोड रुपैयाँ पुर्याएको छ । यो अवधिमा बैंकले ८.०६ प्रतिशत अर्थात् ३१ अर्ब ९८ रुपैयाँले बढाएर कुल निक्षेप ४ खर्ब २८ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । व्यवसायमा आक्रामक भएसँगै नबिल बैंकको पुँजीकोष खुम्चिन थालेको छ । २०८० असार मसान्तमा १२.६६ प्रतिशत रहेको पुँजीकोष पुस मसान्तमा आइपुग्दा घटेर ११.५६ प्रतिशतमा झरेको छ। एकातिर आक्रामक कर्जा विस्तारले बैंकको पुँजीकोष दबाबमा परिहेको छ भने अर्कातिर निष्क्रीय कर्जा बढ्दा सेयरधनीको पुँजीबाट प्रोभिजन गर्नुपर्ने भएकाले पुँजीकोषमा दबाब परिरहेको छ । यो बैंकले रिकोभरी बेस्ड लेन्डिङ अझै गर्नसक्ने देखिन्छ ।

प्राइम बैंक लिमिटेड
यो अवधिमा प्राइम बैंक निकै आक्रमक देखिएको छ । ६ महिनामा ३२ अर्ब २० करोड रुपैयाँले निक्षेप बढाएको बैंकले १८ अर्ब ९९ करोड रुपैयाँले कर्जा बढाएको छ । २०८० असार मसान्तमा १ खर्ब ६० अर्ब ९७ करोड रुपैयाँ रहेको कुल कर्जा २०८० पुस मसान्तमा ११.७९ अर्थात् १८ अर्ब ९९ करोड १ खर्ब ७९ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । कर्जा प्रवाहमा आक्रामक भएपछि असार मसान्तमा १२.२८ प्रतिशत रहेको प्राइम बैंकको पुँजीकोष अनुपात पुस मसान्तमा ११.९८ प्रतिशतमा झरेको छ । यो अवधिमा बैंकले ३२ अर्ब २० करोड अर्थात् १८.५० प्रतिशतले बढेर पुस मसान्तमा कुल निक्षेप २ खर्ब ६ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । पुँजीकोषका कारण अघिल्ला वर्षहरुमा खासै व्यवसाय बढाउन नसकेको बैंक यो आर्थिक वर्षको ६ महिनामा आक्रामक बनेको हो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड
त्यस्तै, चालु आवको पहिलो ६ महिनामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक पनि आक्रामक देखिएको छ । २०८० असार मसान्तमा ३ खर्ब १२ अर्ब ४० करोड रुपैयाँ रहेको कर्जा ३.३७ प्रतिशतले अर्थात् १० अर्ब ५३ करोड रुपैयाँले बढाएर ३ खर्ब २२ अर्ब ९३ करोड रुपैयाँ पुर्याएको छ । असार मसान्तमा १४.१० प्रतिशत रहेको यो बैंकको पुँजीकोष अनुपात पुस मसान्तमा आइपुग्दा १२.७० प्रतिशतमा झरेको छ । कर्जा विस्तारमा आक्रामक भएसँगै र बढ्दो निष्क्रीय कर्जाले बैंकको पुँजीकोष घटेको हो । यद्यपि, अहिले बैंकसँग भएको पुँजीकोष पर्याप्त नै हो । यो अवधिमा बैंकले ९.७६ प्रतिशत अर्थात् ३४ अर्ब ६२ करोडले बढाएर कुल निक्षेप ३ खर्ब ८९ अर्ब ३ करोड रुपैयाँ पुर्याएको छ ।

कृषि विकास बैंक लिमिटेड
सरकारी लगानी रहेको कृषि विकास बैंक पनि चालु आवमा निकै आक्रामक देखिएको छ । ६ महिनामा १५ प्रतिशत अर्थात् २९ अर्ब ८८ करोड रुपैयाँले बढाएर कुल निक्षेप २ खर्ब २९ अर्ब ३६ करोड रुपैयाँ पुर्याएको कृषि विकास बैंकले ६ प्रतिशत अर्थात् १० अर्ब ७४ करोड रुपैयाँले बढाएर कुल कर्जा १ खर्ब ९० अर्ब ८७ करोड रुपैयाँ पुर्याएको छ । यो अवधिमा बैंकको पुँजीकोष उल्लेख्य मात्रामा घटे पनि बैकहरुमध्ये पुँजीकोष सबैभन्दा धेरै छ । २०८० असारमा १५.०५ प्रतिशत रहेको पुँजीकोष अनुपात २०८० पुसमा घटेर १३.३२ प्रतिशतमा झरेको छ । यद्यपि, सञ्चालनमा रहेका २० बैंकमध्ये सबैभन्दा धेरै पुँजीकोष कृषि विकास बैंकसँग छ । यो बैंकसँग अझै आक्रामक व्यवसाय विस्तार गर्नसक्ने पुँजी छ ।

एभरेष्ट बैंक लिमिटेड
बजार आक्रामक र सुस्त हुँदा सँधै आफ्नो गतिमा अघि बढिरहने एभरेष्ट बैंकले चालु आर्थिक वर्षको ६ महिनामा राम्रै व्यवसाय विस्तार गरेको छ । २०८० असार मसान्तमा १ खर्ब ६८ अर्ब २८ करोड रुपैयाँ रहेको निक्षेप ४.७९ प्रतिशत अर्थात् ८ अर्ब ६ करोडले बढाएर १ खर्ब ७६ अर्ब ३६ करोड रुपैयाँ पुर्याएको छ । कर्जा बढाएका कारण बैंकको पुँजीकोष केही घटेको छ । ०८० असारमा १३.३६ प्रतिशत रहेको पुँजीकोष अनुपात ०८० पुसमा घटेर १२.५५ प्रतिशतमा झरेको छ । यो अवधिमा बैंकले निक्षेप ८.०५ प्रतिशत अर्थात् १५ अर्ब ९३ करोड रुपैयाँले बढेर २ खर्ब १३ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । बैंकको आधार दर पनि कम रहेको र पुँजीकोष अनुपात पनि कम्फर्टेवल रहेको देखिन्छ । सचेत भया ।

750
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?