जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर


नेप्से ७९ अंकले बढ्यो

आज शेयर बजार नेप्से परिसूचक ७९ दशमलव ४३ अंकले बढेर २,९१३ दशमलव ८४ अंकको विन्दुमा कायम भएको छ । आज १७५ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ६ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै फाइनान्स उपसूचक ५ दशमलव ६१ प्रतिशतले बढेको छ ।

आज २२५ वटा कम्पनीको १ करोड ९७ लाख ७० हजार ६ सय ३८ कित्ता शेयर कारोबार हुँदा १० अर्ब २८ करोड ६२ लाख ६९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै पुनर्बीमा कम्पनीको १ अर्ब ४९ करोड ३२ लाख रुपैयाँ कारोबार भएको छ । कम्पनीको शेयर मुल्य २६ रुपैयाँले बढेर १७ सय ७९ रुपैयाँ कायम भएको छ । कारोबार शुरु भएको २ घण्टामा पुनर्बीमा कम्पनीको १ अर्ब ८ करोडको शेयर कारोबार भएको थियो ।

हाइड्रोइलेक्टिसिटि एण्ड इन्भेष्टमेन्ट कम्पनीको ३२ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको २६ करोड ३४ लाख रुपैयाँको शेयर करोबार भएको छ । निफ्राको २० करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लुम्बिनी विकास बैंकको १८ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनी, बरुण हाइड्रोपावर कम्पनी, हाइड्रोइलेक्टिसिटि एण्ड इन्भेष्टमेन्ट कम्पनी, नाङी ग्रुप, पञ्चकन्यामाइ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । राद्यी विद्युत कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, एसबिएल डिबेञ्चरका इकाईधनीले २ प्रतिशतका दरले गुमाएका छन् । एनआइसी एशिया डिबेञ्चरका इकाईधनीले १ दशमलव ९६ प्रतिशतका दरले गुमाएका छन् ।

7545
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका