
समृद्धि फाइनान्स कम्पनीका ग्राहकले काठमाडौंको पुतलीसडकमा रहेको प्राउड नेपाल आईटी सप्लायर्समा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । सो सम्बन्धमा दुई संस्थाबीच माघ २५ गते समझदारी भएको हो ।
सो समझदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट उपप्रमुख कार्यकारी अधिकृत गोकण प्रसाद दुवाडी र प्राउड नेपाल आईटीका तर्फबाट संस्थापक श्याम रेग्मीले हस्ताक्षर गरेका छन् ।
उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका ग्राहकले २०८० माघ २६ गतेदेखि २०८१ माघ २५ गतेसम्म समृद्धि मोबाइल बैकिङ्ग, डेविड कार्ड तथा क्यूआर प्रयोग गरि उक्त सप्लायर्समा नयाँ कम्पुटर, ल्यापटप तथा अन्य आईटी सम्बन्धित वस्तु खरिद गर्दा तथा मर्मतसंम्भार गर्दा छुट पाउने छन् ।
कम्पनीका अनुसार फाइनान्सका ग्राहकले प्राउड नेपाल आईटी सप्लायर्समा मर्मतसंम्भारमा १५ प्रतिशत र कुनै पनि ब्रान्डका नयाँ कम्पुटर, ल्यापटप तथा अन्य आईटी सम्बन्धित वस्तु खरिद गदा १ प्रतिशत छुट पाउनेछन् । यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्सले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आरटीजीएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोबाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यूआर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार










































































