जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • एक वर्षअघिकै रेसियोमा जान थाल्यो सेयर कर्जा, नबिल एक्लैले दियो १० अर्ब ऋण

एक वर्षअघिकै रेसियोमा जान थाल्यो सेयर कर्जा, नबिल एक्लैले दियो १० अर्ब ऋण

वाणिज्य बैंकहरुले सेयरधितो कर्जा बढाएका छन् । यसअघि केही सुस्ताएका बैंकहरु पछिल्लो समय सेयरधितो कर्जा बढाउन थालेका हुन् । वाणिज्य बैंकहरुले भदौमा प्रवाह गरेको सेयर धितो कर्जा एक वर्षअघिकै हाराहारीमा हो ।

यसअघि नेपाल राष्ट्र बैंकले सेयरधितो कर्जामा कडाइ गरेपछि केही हच्किएका बैंकहरुले पछिल्लो केही महिना यता भने सेयर धितो राखेर लगानीकर्तालाई सजिलै कर्जा प्रवाह गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले सेयरधितो कर्जामा लगाइएको १२ करोडको सीमा हटाएर १५/२० करोड कायम गरेको छ ।

चालु आर्थिक वर्षको भदौमा बैंकहरुले लगानीकर्तालाई ६० अर्ब ७० करोड रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको साउन महिनाको हारहारीमा हो ।

गत असारको तुलनामा बैंकहरुको सेयरधितो कर्जा ४ अर्बले बढेको छ । असारमा वाणिज्य बैंकहरुले ५४ अर्ब ६९ करोड ८० लाख रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेका थिए भने ६ साउनमा ५८ अर्ब ९० करोड रुपैयाँ लगानी गरेका थिए ।

भदौमा सबैभन्दा बढी नबिल बैंकले सेयरधितो कर्जा लगानी गरेको छ । नबिल एक्लैले १० अर्ब बढी सेयरधितो कर्जा लगानी गरेको छ भने दोस्रोमा ग्लोबल आइएमई बैंकले ६ अर्ब १३ करोड, नेपाल बैंकले ४ अर्ब २७ करोड र राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब रुपैयाँ लगानी गरेको छ ।
यस्तै, सिद्धार्थले ३ अर्ब ९१ करोड, कुमारीले ३ अर्ब ८३ करोड, सिटिजन्सले ३ अर्ब ७५ करोड, प्रभुले ३ अर्ब ७३ करोड, प्राइम कमर्सियलले ३ अर्ब ५८ करोड र लक्ष्मी सनराइजले ३ अर्ब ४१ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ ।

यस्तै, एनआइसी एसिया बैंकले ३ अर्ब, नेपाल इन्भेष्टमेन्ट मेगाले २ अर्ब ८३ करोड, हिमालयन बैंकले २ अर्ब ६३ करोड, सानिमाले १ अर्ब ८३ करोड, एभरेष्टले १ अर्ब १९ करोड, कृषि विकासले १ अर्ब १४ करोड, एनएमबिले १ अर्ब १० करोड, माछापुच्छ्रेले ५२ करोड र नेपाल एसबिआईले २ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?