जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • एशियन लाइफको कुल बीमा शुल्क आर्जन १०% ले बढ्यो, बीमा कोषमा ४० अर्ब संचिति

एशियन लाइफको कुल बीमा शुल्क आर्जन १०% ले बढ्यो, बीमा कोषमा ४० अर्ब संचिति

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८० /८१को दोश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।

३ अर्ब १५ करोड शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा १५ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ११.४५ प्रतिशतले वृद्धि भएको हो ।

चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म कम्पनीको महाविपत्तीकोषमा २१ करोड ३ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा ४४ करोड ८१ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७९ /८०को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषमा ३४ अर्ब ९८ करोड रहेको थियो । गत आर्थिक वर्षको असारमसान्तको तुलनामा पुष मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार १४.६० प्रतिशतले वृद्धि भएर ४० अर्ब ९ करोड पुगेको छ ।

पुष मसान्तसम्ममा कम्पनीले ३ अर्ब ६७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ३५ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ९.५७ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले यस अवधिमा ३ अर्ब ५७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब २६ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ९.६१ प्रतिशतले वृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले ३२ करोड २१ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३५ करोड १९ लाख रुपैयाँ खर्चिएको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी १०.१३ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १२०.९३ रुपैयाँ रहेको छ ।

445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?