जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नबिलसँग बंगलादेश बैंक गाभिने

नबिलसँग बंगलादेश बैंक गाभिने

नबिल बैंकले नेपाल बंगलादेशलाई प्राप्ति (एक्विजिसन) गर्नका लागि औपचारिक रुपमा प्रक्रिया अघि बढेको छ । यसका लागि दुबै बैंकले अनौपचारिक रुपमा सहमति गरेर आ–आफ्नो तर्फबाट प्रक्रिया अघि बढाइसकेका छन् । जसअनुसार दुबै बैंकले मर्जर समिति गठन गरिसकेका छन् ।

स्रोतका अनुसार नबिल बैंकले बुधबार र बंगलादेश बैंकले बिहीबार मर्जर समिति गठन गरेका हुन् । नबिल बैंकले सञ्चालक उदयकृष्ण उपाध्यायको संयोजकत्वमा यसअघि गठन भएको मर्जर समितिलाई नै उक्त जिम्मेवारी दिएको छ । ‘हामी अहिले मर्जरको पक्षमा नभएर एक्विजिसनका लागि अघि बढेका हौं,’ नबिल बैंक स्रोतले भन्यो, ‘हेर्दै जाउ प्रक्रिया कहाँसम्म पुग्छ ।’

यी बैंकबीच धेरै पहिलेदेखि नै प्राप्तिको हल्ला चलेको हो । यद्यपि सेयर मिलान अनुपात (स्वाप) लगायत विषयमा कुरा मिलिसकेको थिएन । अहिले ती विषयमा कुरा मिलिसकेकाले औपचारिक रुपमा दुबै संस्थाले प्रक्रिया अघि बढाएका हुन् । स्रोतका अनुसार नेपाल बंगलादेश बैंकको प्रमुख सेयरधनी बंगलादेशको आईएफआईसी बैंकले उक्त सेयर बिक्री गरेर बाहिरिन लागेको छ । आईएफआईसीले बिक्री गर्ने र बाँकी केही सेयर पनि खरिद गरेर नबिल बैंकले बंगलादेशलाई प्राप्ति गर्न लागेको स्रोतले बताएको छ । ‘आजसम्मको समझदारी अनुसार एक साताभित्रै सहमतिपत्रमा हस्ताक्षर (एमओयू) गर्ने योजना छ,’ स्रोतले भन्यो, ‘स्वाप रेसियोबारेमा एक हदसम्म सहमति भएको छ । तर, अन्तिम टुङ्गो समग्र सम्पत्ति तथा दायित्व अध्ययन (डीडीए) गरेपछि मात्र लाग्ला ।’

यसअघि नबिल बैंकले चौधरी ग्रुपको लगानी रहेको युनाटइटेड फाइनान्सलाई प्राप्ति गरेको थियो । युनाइटेडलाई नबिल बैंकले ३५ रुपैयाँ स्वाप रेसियोमा आधारमा प्राप्ति गरेको हो ।

यी बैंकको मर्जरको हल्लाले सेयर बजार पनि पटक पटक प्रभावित हँुदै आएको छ । सोही क्रममा बुधबार बंगलादेश बैंकको सेयरमूल्य ९ प्रतिशतले बढेको छ । हाल नेपाल बंगलादेश बैंकको मूल्य प्रतिकित्ता ४०२ रुपैयाँ तथा नबिलको १४५० रुपैयाँ छ । नबिलले गत आर्थिक वर्षको नाफाबाट घोषणा गरेको ३३.६ प्रतिशत सेयर बोनस र ४.४ प्रतिशत नगद लाभांश वितरण गर्न बाँकी नै छ । भोलिका लागि कम्पनीको बुक क्लोज मिति तय भएको छ । तर नेपाल बंगलादेश बैंकले गत आवको नाफाबाट १२ प्रतिशत सेयर बोनस र ३.५ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ ।

4995
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका