जोडिनुहोस
शनिबार, माघ २५, २०८२
शनिबार, माघ २५, २०८२

हालको खबर

  • होमपेज
  • नेपाल बैंकद्वारा कोरोना रोकथाम कोषमा थप ३ करोड ५० लाख रुपैयाँ

नेपाल बैंकद्वारा कोरोना रोकथाम कोषमा थप ३ करोड ५० लाख रुपैयाँ

नेपाल बैंकले सरकारको कोरोना रोकथाम कोषमा थप ३ करोड ५० लाख रुपैयाँ दिएको छ । यस अघि संस्थागत सामाजिक उत्तर दायित्व अन्तरगत प्रदेश र केन्द्र सरकारलाई गरेर कोरोना रोकथाम कोषमा १ करोड ३५ लाख रुपैयाँ दिएको नेपाल बैंकले आज थप ३ करोड ५० लाख रुपैयाँ दिएको हो । राष्ट्र बैंकले चालू आर्थिक बर्षको मौद्रिक नीतिमार्फत २०७७ असार मसान्तसम्ममा सामाजिक उत्तरदायित्व शिर्षक अन्तरगत खर्च नभएको रकम सरकारको कोरोना रोमथाम कोषमा राख्नु पर्ने नीतिगत व्यवस्था गरसँगै नेपाल बैंकले उक्त रकम आजै अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर हस्तान्तरण गरेको हो ।

अर्थ मन्त्रालयमा एक कार्यक्रमबीच बैक संचालक समितिका अध्यक्ष बासुदेव अधिकारी, बैंकका प्रम्ख कार्यकारी अधिकृत कृष्णबहादूर अधिकारीलगायतले ३ करोड ५० लाख रुपैयाँ बराबरको चेक अर्थमन्त्री खतिवडालाई हस्तान्तरण गरेका हुन् ।

सरकारले घोषणा गरेको कोरोना कोषमा सबैभन्दा पहिला १ करोड रुपैयाँ संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत दिएको नेपाल बैंकले मौद्रिक नीति पश्चात सामाजिक उत्तरदायित्व अन्तरगत खर्च नभएको रकम समेत आफुहरुले सबैभन्दा पहिला सरकारको कोषमा हस्तान्तरण गरेको बैंकका अध्यक्ष बासुदेव अधिकारीले जानकारी दिए ।

10000
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका