जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • शिखर इन्स्योरेन्सको नाफा १९ प्रतिशतले बढ्दा खुद बीमा शुल्क आर्जन ५५ करोडमाथि

शिखर इन्स्योरेन्सको नाफा १९ प्रतिशतले बढ्दा खुद बीमा शुल्क आर्जन ५५ करोडमाथि

शिखर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८० /८१ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि देखिएको छ ।

२ अर्ब ६५ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा २५ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १९ दशमलव १७ प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीले महाविपत्ती कोषमा १३ करोड ४८ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीकोे संचिती जगेडा कोषमा ३१ करोड ४९ लाख ७९ हजार रुपैयाँ रहेको छ । अन्य इक्विटीमा ५२ करोड ७६ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, समिक्षा अवधिमा कम्पनीले १ अर्ब ९४ करोड १९ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ८८ करोड २० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ३ प्रतिशतले बृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १ अर्ब ३९ करोड ५ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३७ करोड १६ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो ।

कम्पनीले यस अवधिमा ५५ करोड १४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४१ करोड ४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ८ प्रतिशतले बृद्धि भएको छ ।

समिक्षा अवधिमा कम्पनीले ३ करोड ४२ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ८९ लाख रुपैयाँ खर्चिएको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीले अभिकर्ता कमिशनमा बढी रकम खर्चिएको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ९२ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १ सय ९९ रुपैयाँ १५ पैसा रहेको छ ।

445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका