जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैंक खुद नाफा ६३ करोड

कामना सेवा विकास बैंक खुद नाफा ६३ करोड

कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७८।०७९को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा ६३ करोड ९ लाख ७५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद नाफा ५९ करोड ८१ लाख ७५ हजार रुपैयाँ आर्जन गरेको थियो । जुन नाफा ५.४८ प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी २७.२० प्रतिशतले बढेर १ अर्ब ९५ करोड ४१ लाख ३० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ५३ करोड ६२ लाख ७० हजार रुपैयाँ रहेको छ ।

असार मसान्तसम्मको अवधिमा बैंक संचालन नाफा ४.७६ प्रतिशतले बढेर ९० करोड १३ लाख ९४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको संचालन नाफा ८६ करोड ३ लाख ८४ हजार रुपैयाँ आर्जन गरेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्तापूँजी ३ अर्ब १४ करोड २५ लाख ७७ हजार रुपैयाँ, जगेडा कोष १ अर्ब ५ करोड ९३ लाख २२ हजार रुपैयाँ आर्जन गरेको छ ।

1890
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?