जोडिनुहोस
शनिबार, बैशाख २२, २०८१
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • माछापुच्छ्रे बैंकको १ करोड कित्ता बढी सेयर बिक्रीमा

माछापुच्छ्रे बैंकको १ करोड कित्ता बढी सेयर बिक्रीमा

माछापुच्छ्रे बैंक लिमिटेडको १ करोड कित्ता बढी संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ ।

बैंकको १ करोड १२ लाख ३२ हजार ४९४ कित्ता संस्थापक सेयर आज(माघ ५ गते) देखि बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि जो कोहि व्यक्ति,संघ संस्था,फर्म वा कम्पनीले आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले सुन्धारामा रहेको माछापुच्छ्रे क्यापिटलमा आईपुग्ने गरी आफुले लिन चाहेको सेयर संख्या र दर उल्लेख गरि बोलपत्र पेश गर्नुपर्नेछ । सेयरको न्यूनतम मूल्य ११३ रुपैयाँ तोकिएको छ ।

सेयर बोलकबोलका लागि आवेदन पेश गर्दा न्यूनतम १ लाख कित्ता र अधिकतममा सम्पूर्ण सेयर संख्या खरिदका लागि आवेदन पेश गर्न सकिनेछ ।

इच्छुक लगानीकर्ताले माघ १५ गतेभित्र बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।

635
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?