जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्र निष्कासन, कति पाईन्छ ब्याज ?

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्र निष्कासन, कति पाईन्छ ब्याज ?

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्र निष्कासन भएको छ । बैंकले ४ अर्ब ४ करोड रुपैयाँको ऋणपत्र निष्कासन गरेको छ ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँका दरले ४० लाख ४० हजार इकाई ऋणपत्र निष्कासन गर्न लागेको छ ।

बैंकले १६ लाख १६ हजार इकाई आफैले अन्य विभिन्न संघ संस्थालाई बिक्री गर्ने जनाएको छ भने बाँकी २४ लाख २४ हजार इकाई सर्वसाधारणका लागि निष्कासन गरेको छ । ८० हजार ८०० कित्ता सामूहिक लगानी कोषका लागि रहेको छ ।

बैंकले १० वर्ष अवधिका लागि ‘१०५ एनआइएमबी डिबेन्चर २०९०’ जारी गरेको हो । यसको वार्षिक ब्याजदर १० प्रतिशत रहेको छ । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । ऋणपत्रमा फागुन ४ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा फागुन १५ गतेसम्म आवेदन दिन सकिने छ ।

ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत दिन सकिने छ ।

515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका