जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • प्रभू बैंकले दराजसँग मिलेर ल्यायो नयाँ वर्ष अफर, सामान किन्दा छुटैछुट

प्रभू बैंकले दराजसँग मिलेर ल्यायो नयाँ वर्ष अफर, सामान किन्दा छुटैछुट

प्रभू बैंक लिमीटेडले आफ्ना भिजा कार्डबाहक ग्राहकहरुका लागि नयाँ वर्ष २०८० को अवसरमा छुट उपलब्ध गराउने उद्देश्यले दराज नेपालसँग एक सम्झौता गरेको छ ।

सम्झौता अनुसारको छुट योजना चैत २८ गतेदेखि नै लागू भइसकेको बैंकले आज एक विज्ञप्तिमार्फत जनाएको छ ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र दराज नेपालको तर्फबाट भुक्तानी प्रबन्धक जोनाम भूर्तेलले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बैंकका ग्राहकले अप्रिल ११ देखि १४ सम्म डेबिट कार्डमार्फत प्रिपेमेन्टमा ८ प्रतिशत वा अधिकतम रु. ७५० बराबरको छुट पाउनेछन् भने क्रेडिट कार्डमार्फत १० प्रतिशत वा अधिकतम रु. १००० सम्मको छुट पाउन सक्नेछन् ।

यस्तै, ग्राहकले २०२३ अप्रील १५ देखि २० तारिखसम्म २० प्रतिशत वा अधिकतम रु. २०० सम्मको छुट पाउन सक्नेछन् । यी अफर र छुट पाउनका लागि दराज प्रयोगकर्ताहरुले आफ्नो बैंक कार्ड सक्रिय गर्नुपर्दछ ।

दराजबाट सूचीकृत स्वास्थ्य, सौन्दर्य र पहिरनका सामानहरुको खरीदमा ग्राहकले २० प्रतिशत वा अधिकतम रु. २०० सम्मको छुट पाउने बैंकले जनाएको छ । प्री पेमेन्ट छुट सीमित अवधिका लागि मात्र रहने विज्ञप्तिमा उल्लेख छ ।

4025
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका