जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • हिरोको सर्भिस र पार्ट्स अभाव हुन नदिने सीजी मोटर्सको प्रतिबद्धता, मार्चदेखि सहज हुने

हिरोको सर्भिस र पार्ट्स अभाव हुन नदिने सीजी मोटर्सको प्रतिबद्धता, मार्चदेखि सहज हुने

हिरो मोटरसाइकल तथा स्कुटरको नयाँ आधिकारिक बिक्रेता सीजी मोटर्सले बिक्रीपछि सर्भिस र पार्टपुर्जा अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेको छ।

विगत केही समयदेखि हिरोको आधिकारिक बिक्रेताको बोरमा अन्योल कायम रहँदा हिरोका उपभोक्ताहरूले अफ्टर सेल्स सर्भिसमा समस्या ब्यहोर्नु परेको थियो। उक्त अन्योल हटाउन अब सीजी मोटर्सले सेल्स, सर्भिस र स्पेयर (थ्रि एस)मा विशेष ध्यान दिने रणनीति बनाएको छ।

‘हामीले उपभोक्तालाई खाली मोटरसाइकल र स्कुटर बिक्री मात्र गर्दैनौँ, ग्राहक पूर्ण सन्तुष्टी हुने गरी आफ्टर सेल्स सर्भिस पनि दिनेछौँ,’ सीजी मोटर्सले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘हामीले हिरोको सेल्स, सर्भिस र स्पेयर्स पार्टस् (थ्रि एस) सेवालाई सर्वोत्कृष्ट बनाउनेछौँ। अबदेखि पार्टपुर्जा नपाएर उपभोक्ताले हैरानी पाउने अवस्था रहनेछैन।’

मार्चदेखि हिरोका सर्भिस सेन्टरहरुमा पार्टपुर्जाहरु सहज रुपमा उपलब्ध हुने सीजी मोटर्सले जनाएको छ। यसका लागि आफ्नै वेयरहाउस समेत तयार भइरहेको कम्पनीको दाबी छ। कम्पनीले पार्टपुर्जा आयात गर्नका लागि प्रतितपत्र (एलसी) खोलिसकेको छ।

‘पछिल्लो केही समयदेखि पार्टपुर्जा आयात नभएकोले बजारमा अभाव देखिन सक्छ, तर यस्तो अभाव धेरै समय रहने छैन,’ सीजी मोटर्सको सेल्स एण्ड अपरेसन हेर्ने जीएम प्रकाश देवकोटाले भने, ‘सुपथ मूल्यमा पार्टपुर्जाको सहज उपलब्धता र आफ्टर सेल्स सर्भिस बलियो नभएसम्म मार्केट लिडर बन्‍न सकिँदैन भन्‍ने हामीलाई राम्रोसँग थाहा छ, ग्राहकलाई सन्तुष्ट बनाउनु हाम्रो जिम्मेवारी हो।’

सीजीले हिरो ब्राण्ड लिनुअघि वारेन्टीका समस्या छन् भने समाधानका लागि पहल गर्ने पनि जनाएको छ।

कम्पनीले विज्ञप्तिमा भनेको छ, ‘सेल्स, सर्भिस, स्पेयर्स पार्ट्ससँगै वारेन्टीको कुरा पनि उत्तिकै महत्वपूर्ण छ। हामीले अबदेखि वारेन्टीलाई सुनिश्‍चित गर्नेछौँ।’

यही सहकार्यअन्तर्गत हिरो मोटोकर्प र सीजी मोटर्सले नेपाली बजारमा हिरोका उत्पादनहरु एसेम्बल गर्न नवलपुर जिल्लामा ‘स्टेट अफ द आर्ट ग्रीनफिल्ड फेसिलिटी’ भएको प्लान्ट स्थापना गर्न लागेको कम्पनीले जनाएको छ। यसले स्थानीय अर्थतन्त्र र रोजगारीका अवसरहरु सिर्जना गर्ने कम्पनीको विश्‍वास छ।

2910
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका