जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सातै वटा प्रदेशमा सिटिजन्स बैंकको वित्तिय साक्षरताका कार्यक्रम

सातै वटा प्रदेशमा सिटिजन्स बैंकको वित्तिय साक्षरताका कार्यक्रम

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ७ वाटै प्रदेशमा रहेका अफ्ना २५ शाखा कार्यालयहरु बाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम संचालन गरेर सम्पन्न गरेको छ ।

बैंकले कोशी प्रदेशको विराटनगर, विर्तामोड, हल्दिबारी र महेन्द्र चोक , मधेश प्रदेशको विद्यापतिचोक, वीरगन्ज, कृष्णप्रणामी र राजविराज, बाग्मती प्रदेशको थापाथली, थली, भरतपुर, हेटौंडा र सिनामंगल, गण्डकी प्रदेशको अमरापुरी र दमौली, लुम्बिनी प्रदेशको भुताहा र बढैयाताल र कर्णाली प्रदेशको सुर्खेत, जुम्ला, डोल्पा र सिमीकोटमा तथा सुदूरपश्चिम प्रदेशको महेन्द्रनगर, धनगढी, बझाङ र अत्तरियामा विभिन्न वित्तिय साक्षरताका कार्यक्रमको आयोजना गरी वित्तीय ज्ञान प्र्रदान गर्ने कार्य गरेको छ ।

कार्यक्रम्रमा उपस्थित युवा तथा विद्यार्र्थीवर्गमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकाश पारिएको छ । वित्तीय साक्षरताको अवस्था र विद्युतीय बैंकिङ्गको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराईएको थियो । नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बंैकिङ्ग प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको छ । यसबाट बैंकिङ्ग प्रणाली मजवुत हुने साथसाथै युवा र विद्यार्थीमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ३६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।

455
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका