जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • सबै मापदण्ड पुगेपछि महालक्ष्मी विकास बैंक नेप्सेको वर्गीकरणमा पर्‍यो ‘क’ मा

सबै मापदण्ड पुगेपछि महालक्ष्मी विकास बैंक नेप्सेको वर्गीकरणमा पर्‍यो ‘क’ मा

महालक्ष्मी विकास बैंकलाई नेपाल स्टक एक्सचेञ्जले संगठित संस्थाको वर्गिकरणमा ‘क’ वर्गमा राखेको छ। नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम महालक्ष्मी विकास बैंकलाई बिहिबार ‘क’ वर्गमा राखेको हो।

चुक्ता पुँजी कम्तीमा १ अर्ब रुपैयाँ भएको, धितोपत्र सूचीकरण गराएको कम्तीमा ३ वर्ष पूरा भएको, तीन आर्थिक वर्ष लगातार नाफामा रही लाभांश वितरण गरेको, क्रेडिट रेटिङ संस्थाबाट औसत वा सोभन्दा माथिको रेटिङ प्राप्त गरेको, नियमनकारी निकायले तोकेको ढाँचामा वित्तीय विवरण पेस गरेको तथा आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारण सभा सम्पन्न गरेका संस्था ‘क’ वर्गमा पर्ने व्यवस्था छ।

सोही बमोजिम महालक्ष्मी विकास बैंकलाई नेप्सेले ‘क’ वर्गमा राखेको हो। ४ अर्ब १७ करोड चुक्ता पुँजी रहेको बैंकका देशभर १०३ शाखा कार्यालय र करिब ७ लाख ग्राहक छन्।

बैंक अहिले विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा भित्र्याउने गृहकार्यमा छ। गत पुस २८ गते भएको बैंकको साधारण सभाले विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारका रुपमा ल्याउने प्रस्ताव पारित गरिसकेको छ।

600
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?