जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नेपाल लाइफको कुश्मा उपशाखाले विविध कार्यक्रम गरी मनायो वार्षिकोत्सब

नेपाल लाइफको कुश्मा उपशाखाले विविध कार्यक्रम गरी मनायो वार्षिकोत्सब

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कुश्मा उपशाखाले एक कार्यक्रमको आयोजना गरि २२औं वार्षिकोत्सबका मनाएको छ । शाखामा आबद्ध अभिकर्ताहरुबीच गरिएको कार्यक्रममा केक काटेर वार्षिकोत्सबको मनाएको जनाएको छ ।

यस अवसरमा कम्पनीले आर्थिक बर्ष २०७६/०७७ मा उत्कृष्ट ब्यवसाय दिने अभिकर्ताहरुलाई नेपाल लाइफ स्पेसल डायरी, प्रमाणपत्र र खादा ओडाएरसम्मान गरिएको थियो ।

नेपालकै नम्बर एक मानिएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिकोत्सब अवसर पारेर कुश्मा उपशाखाले शाखाबाट हुने सम्पुर्ण सेवाहरु समेत सुभारम्भ गरेको छ ।

कुश्मा शाखाले लोन, सरेण्डर, सर्भाइवल, म्याच्युरिटी भुक्तानी, अभिकर्ता कमिसन लगायतका सुबिधा उपलब्ध गराउन नसकेकोमा आजैदेखि उक्त सेवाहरु सुचारु गरेको छ । अभिकर्ता र बिमितलाइ सहज होस भनी उक्त सेवाहरु सुभारम्भ गरिएको शाखाका शाखा प्रमुख ज्ञानु कुंवरले जानकारी दिए ।

कार्यक्रमका अवसरमा अभिकर्ता संघर्ष समितिका केन्द्रिय सचीव रामशरण पोख्रेल, एजेन्सी म्यानेजरहरु चिरञ्जीवी रिजाल, देबि कुमारी गुरुङ, देबि कुमारी शर्मा भुसाल, सानिमा लाइफका कुश्मा प्रमुख सुर्य पौडेल लगायतले सुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल लाइफ इन्स्योरेन्स कुश्मा उपशाखा प्रमुख ज्ञानु कुंवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य अभिकर्ता संघ कुश्माकि अध्यक्ष सरस्वती गिरि र संचालन कुश्मा उपशाखाकि अन्डरराइटिङ पबित्रा कुमाल शर्माले गरिेकी थिइन् ।

5195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्