जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • लक्ष्मी बैंकको ‘माई मोबाईल मनि’ भिडियो प्रतियोगिताको नतिजा प्रकाशित

लक्ष्मी बैंकको ‘माई मोबाईल मनि’ भिडियो प्रतियोगिताको नतिजा प्रकाशित

लक्ष्मी बैंकले आयोजना गरेको माई मोबाईल मनिु भिडियो प्रतियोगिताको नतिजा घोषणा गरिएको छ । एक नौलो र फरक प्रकारको यो प्रतियोगिता लक्ष्मी बैंकको दोस्रो crowdsourcing प्रतियोगिता हो । यस अघि बैंकले माई कार्ड आइडिया नामक प्रतियोगिता आयोजना गरेको थियो  ।

जसमा सहभागीहरुले बैंकको डेबिट कार्डको लागि  विभिन्न प्रकारका डिजाइन पेश गरेका थिए ।  उक्त डिजाइनहरुमध्येबाट  उत्कृष्ठ भएको  डिजाइन हाल पनि लक्ष्मी बैंकका डेबिट कार्डहरुमा प्रयोग हुँदै आएको छ ।

माई मोबाईल मनि प्रतियोगितामा भने ५ वटा विभिन्न शिर्षकमा रहेको र सहभागी हरुले प्रत्येकशिर्षकमा ३ मिनेट सम्मको १.१ गरी कुल ५ वटासम्म भिडियो पठाउन सक्ने नियम रहेको थियो ।

यस व्यवस्था अन्तर्गत सहभागिहरुले प्रत्येक शिर्षकमा ५० हजार रुपैयाँ  गरी कूल २ लाख ५० हजार रुपैयाँ सम्म जित्ने अवसर रहेको थियो । सो प्रतियोगितामा विभिन्न क्षेत्रहरु बाट २५० भन्दा बढी भिडियोमार्फत उत्साहजनक सहभागिता रहेकोथियो। साथै पहिलो शिर्षकमा भने २ भिडियोहरु बिच बराबर भई २ वटै भिडियो बिजेता भएका छन् ।

विजेताहरुमा लकेश दंगल, विराटनगर र मन्दिप बखुन्छे, भक्तपुर, विकास त्रपाठी, पोखरा,  सन्तोश शाक्य, काठमाडौं, भुवन तिवारी,भरतपुर र छेवाङ गुरुङ, मुस्ताङ रहेका छन् ।

5200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका