जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बैंकबाट ऋण लिएर घर किन्न सजिलो

बैंकिङ्ग

बैंकबाट ऋण लिएर घर किन्न सजिलो

ब्याजदर बढ्दा पनि किस्ता नबढ्ने

बैंकबाट ऋण लिएर घर किन्न सजिलो

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर घर किन्न अब सजिलो हुने भएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७५ मा संसोधन गर्दै व्यक्तिगत घर किन्नको लागि  सजिलो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले पहिलो पटक घर खरिद गर्ने व्यक्तिलाई १ करोड ५० लाखसम्मको ऋण स्वीकृत गर्दा धितोको ७० प्रतिशतसम्म दिने व्यवस्था गरेको हो । यसअघि यस्तो धितोको६०  प्रतिशतसम्म दिने व्यवस्था थियो ।

बैंक तथा वित्तीय संस्थाले पहिलो पटक घर किनेको व्यक्तिको ऋणको ब्याजदर बढाएपनि मासिक किस्ता रकम भने नबढ्ने भएको छ । बढाउन नपाउने भएका छन् ।

जसले गर्दा बैंकको ऋण लिएर घर किन्ने उपभोक्तालाई राहत हुने भएको छ । केन्द्रीय बैंकको यो सुविधाबाट सहरी क्षेत्रका मध्यमवर्गका उपभोक्ताले राहत पाउने भएका छन् । ब्याजदर बढेपछि मासिक किस्ता रकम बढ्दा उपभोक्ताको आर्थिक अवस्था नै कमजोर हुने गरेको थियो । निर्देशिकाले बैंक तथा वित्तीय संस्थालाई ब्याजदर बढाएपछि ऋण दिने समय बढाउनुपर्ने हुन्छ ।

‘कर्जाको व्याजदर बृद्धि भएमा पूर्व निर्धारित मासिक किस्ता बृद्धि नगरी कर्जा भुक्तान हुने व्यवस्था मिलाउनुपर्ने छ,’ राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा भनिएको छ ।

यस्तै राष्ट्र बैंकले  ऋणी आफूले मात्र प्रयोग गर्ने गरी बढीमा ३ हजार वर्गफिटसम्मको घर तथा अपार्टमेन्ट हुनुपर्ने  कुनैपनि बैंक तथा वित्तीय संस्थाबाट यस पूर्व घर/ अपार्टमेन्ट निर्माण वा खरिद कर्जा नलिएको यकिन गर्नु पर्ने । तथा यस सुबिधा अन्तरगत कर्जा प्रदान गर्दा घरभाडालाई ऋणीको आम्दानीको श्रोतको रुपमा देखाउन नपाइने व्यवस्था गरेको छ ।

13045
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका