जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • दुर्गा प्रसाईंलाई कार्वाही गर्न बैंकर्स संघसहित ४ संगठनको माग, ५ लाखसम्मको निक्षेप कोषमार्फत सुरक्षण गरिएको स्मरण !

दुर्गा प्रसाईंलाई कार्वाही गर्न बैंकर्स संघसहित ४ संगठनको माग, ५ लाखसम्मको निक्षेप कोषमार्फत सुरक्षण गरिएको स्मरण !

बैंकर्स संघसहित बैंकिङ क्षेत्रका चार वटै संगठनले समाजमा गलत सूचना फैलाउने, समाजलाई भडकाउने कार्यमा लाग्नेलाई कारबाही गर्न माग गरेका छन् । दुर्गा प्रसाईंको नाम उल्लेख नभए पनि उनलाई इंकित गर्दै आइतबार बैंकर्स संघ, नेपाल वित्तीय संस्था, डेभलपमेन्ट बैंकर्स एशोसिएसन र नेपाल लघुवित्त बैंकर्स संघले जारी गरेको विज्ञप्तिमा बैंक विरुद्ध समाज भडकाउनेलाई कारबाही गर्न माग गरिएको हो ।
‘आम–सर्वसाधारणहरुलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तीजनक अभिव्यक्ति दिनेहरुलाई कानूनको दायरामा ल्याई आवश्यक कारवाही गर्न समेत सरकारी निकायलाई आग्रह गर्दछौ’ जारी विज्ञप्तिमा भनिएको छ ।
जारी संयुक्त विज्ञप्तिमा सम्बन्धित सरोकार निकायहरुले सम्प्रेषण गरेको सूचना तथा समाचारहरुलाई मात्र आधिकारिक रुपमा लिन सबैमा अनुरोध गरेको छ । साथै विज्ञप्तिमा ५ लाखसम्मको निक्षेप सुरक्षण गरिएको स्मरण गराइएको छ ।
‘यस संघहरुसंग सम्बन्धित सबै बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेपकर्ताहरुको रकम पूर्णरुपमा सुरक्षित रहेको र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको ५ लाख सम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको निक्षेप तथा कर्जा सुरक्षण कोष मार्फत् सुरक्षण गरिएको स्मरण गराउँदछौं’ जारी विज्ञप्तिमा उल्लेख छ ।

770
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?