जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • कामना सेवा विकास बैंक र नेपाल पेमेन्ट सोलुसनबीच अन्तरबैंक रकमान्तर सेवासम्बन्धी सम्झौता

कामना सेवा विकास बैंक र नेपाल पेमेन्ट सोलुसनबीच अन्तरबैंक रकमान्तर सेवासम्बन्धी सम्झौता

कामना सेवा विकास बैंक र भुक्तानी प्रणाली सेवा प्रदायक नेपाल पेमेन्ट सोलुसनबीच अन्तरबैंक रकमान्तरसम्बन्धी सम्झौता भएको छ।

उक्त सम्झौतासँगै बैंक र नेपाल पेमेन्ट सोलुसनले नयाँ योजनाको सुरुआत गरेको छ। उक्त सम्झौताबमोजिम कामना सेवा विकास बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले आफ्नो मोबाइल बैंकिङ एपभित्र रहेको इन्स्टा फन्ड ट्रान्सफरमार्फत अन्य बैंक तथा वित्तीय संस्थाको खातामा रकम रकमान्तर गर्दा सेवा शुल्कबापत मात्र रु. १ लाग्नेछ।

यो योजना आज कात्तिक १ गतेदेखि लागू भई आउँदो पुस मसान्तसम्म लागू हुने बैंकले जनाएको छ।

बैंकले हाल देशभर विभिन्न स्थानमा रहेका १३५ वटा सञ्जाल, ७७ एटीएम बुथ तथा अन्य शाखारहित बैंकिङ सञ्जालमार्फत आफ्नो अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

नेपाल पेमेन्ट सोलुसनले नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिई भुक्तानी सेवा प्रदायकका रुपमा सेवा प्रदान गरिरहेको छ।

3075
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका