जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • १५ बिमा कम्पनीले बुझाएनन् पुँजी वृद्धि योजना, समितिले दियो कारबाहीको चेतावनी

१५ बिमा कम्पनीले बुझाएनन् पुँजी वृद्धि योजना, समितिले दियो कारबाहीको चेतावनी

 तोकिएको समयभित्र २४ वटा बिमा कम्पनीले मात्र चुक्ता पुँजी वृद्धिको योजना बुझाएका छन् । सञ्चालनमा रहेका ३९ वटा मध्ये आइतबारसम्म २४ वटा कम्पनीको मात्र पुँजी वृद्धिको योजना प्राप्त भएको बिमा समितिले जनाएको छ । योजना नबुझाउने बाँकी कम्पनीहरुलाई निर्देशन नमानेको आरोपमा कानुन बमोजिम कारबाही हुने स्रोतले बताएको छ ।

योजना पेस नगर्ने १५ वटा कम्पनीमध्ये केहीको हकमा यसअघि नै तोकिएको पुँजी पुगिसकेको छ,’ स्रोतले भन्यो, ‘पुँजी पुगिसकेकाले योजना पेस गर्नु पर्दैन । पुँजी नपुगेको तर योजना पनि पेस नगरेका कम्पनीहरुले कारबाही भोग्नुपर्छ ।’

नियामक निकाय बिमा समितिले गत चैत १० मा बिमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गरेको थियो । जसअनुसार एक वर्षभित्र जीवन बिमा कम्पनीले न्यूनतम ५ अर्ब र निर्जीबन बिमा कम्पनीले न्यूनतम साढे २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउनु पर्ने छ । उक्त निर्देशन अनुसार पुँजी वृद्धिका लागि एक महिनाभित्र पुँजी वृद्धिको योजना पेस गर्न समितिले कम्पनीहरुलाई निर्देशन दिएको थियो ।

तोकिएको समय यही वैशाख १० मा सकिएको थियो । १० गते सार्वजनिक बिदा (शनिबार) परेकाले समितिले आइतबार पनि पुँजी वृद्धिको योजना बुझेको थियो । यसरी आइतबार कार्यालय समयसम्म १५ कम्पनीले योजना पेस नगरेको समिति स्रोतले जनाएको हो । तोकिएको अवधिमा १२ जीवन बिमा र १२ निर्जीवन बिमा कम्पनीहरुबाट पुँजी वृद्धिको योजना प्राप्त भएको समितिले जानकारी दिएको छ । स्रोतका अनुसार धेरै कम्पनीले पुँजी वृद्धिको माध्यम हकप्रद सेयर उल्लेख गरेको बताइएको छ ।

2910
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका