जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • मर्जरमा गएका बैंकको खराब कर्जा बढ्दो, कुनको कति ?

मर्जरमा गएका बैंकको खराब कर्जा बढ्दो, कुनको कति ?

मर्जरमा गएका बैंकहरुको खराब कर्जा बढेको देखिएको छ । गत आर्थिक वर्षमा मर्जरमा गएका तीन बैंकको खराब कर्जा ४ प्रतिशतभन्दा माथि पुगेको हो ।

गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण अनुसार कुमारी बैंकको खराब कर्जा सबैभन्दा धेरै ४.७७ प्रतिशत रहेको छ । गत आर्थिक वर्षमा कुमारी बैंक र एसिसि बैंक मर्ज भएका थिए। गत वर्ष बैंकले ५ अर्ब ७३ करोड रुपैयाँ सम्भावित जोखिमबापत छुट्याउनु परेको छ ।

यसैगरी सिभिल बैंकलाई गाभेको हिमालयन बैंकको खराब कर्जा ४.५७ प्रतिशत रहेको छ । सिभिल बैंकको धेरै कर्जा नउठ्दा बैंकको खराब कर्जा बढ्न पुगेको हो। हिमालयन बैंकले पनि गत वर्ष २ अर्ब १५ करोड रुपैयाँ जोखिमबापत छुट्याएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जा ४.३५ प्रतिशत पुगेको छ । गत आर्थिक वर्ष नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक आपसमा गाभिएका थिए । मर्जपश्चात बैंकको खराब कर्जा झनै बढेर गएको छ । उसले पनि झण्डै साढे २ अर्ब रुपैयाँ सम्भावित जोखिमबापत छुट्याएको छ ।

सेञ्चुरी बैंकलाई गाभेको प्रभु बैंकको खराब कर्जा ४.१६ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षमा प्रभु बैंकले सेञ्चुरी बैंकलाई गाभेर एकीकृत कारोबार थालेको थियो।

वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै नाफा कमाउने नबिल बैंकको पनि खराब कर्जा भने ३.२ प्रतिशत पुगेको छ। नबिल बैंकले गत आर्थिक वर्ष नेपाल बंगलादेश बैंकलाई गाभेर एकीकृत कारोबार थालेको थियो। गत वर्ष सम्भावित जोखिमबापत बैंकले ३ अर्ब ८८ करोड रुपैयाँ छुट्याएको छ।

पूँजीको आधारमा सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमई बैंकको पनि खराब कर्जा ३.०८ प्रतिशत रहेको छ। ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षमा बैंक अफ काठमाण्डूलाई गाभेर एकीकृत कारोबार शुरु गरेको थियो। ग्लोबल आइएमईले गत वर्ष सम्भावित जोखिमबापत २ अर्ब ७१ करोड रुपैयाँ छुट्याएको छ। गत असारमा मात्रै एकीकृत कारोबार सुरु गरेको लक्ष्मी सनराइज बैंकको भने खराब कर्जा २.८१ प्रतिशत रहेको छ।

635
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका