जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • एक महिनामा निर्जीवन बीमकको व्यवसाय करिब ३ अर्ब, १३ वटाले करोडमा व्यापार गर्दा एउटाको लाखमा खुम्चियो

एक महिनामा निर्जीवन बीमकको व्यवसाय करिब ३ अर्ब, १३ वटाले करोडमा व्यापार गर्दा एउटाको लाखमा खुम्चियो

चालू आर्थिक वर्षको एक महिनामा निर्जीवन बीमा कम्पनीहरुले करिब ३ अर्ब कुल बीमा शुल्क आर्जन गरेका छन् । यी कम्पनीहरुले माघ महिनामा २ लाख ५० हजार ३० वटा बीमा पोलिसी बिक्री गरी २ अर्ब ९९ करोड ५३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।

यस समीक्षा अवधिमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले ४४ करोड ४८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३२ करोड ४९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले २९ करोड ७२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, राष्ट्रिय बीमा कम्पनीले २८ करोड रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले २७ करोड ८२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्सले २६ करोड १२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले २१ करोड ६७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यसैगरी सानिमा जिआइसी इन्स्योरेन्सले १९ करोड ८९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले १९ करोड १३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । एनएलजी इन्स्योरेन्सले १८ करोड २९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल इन्स्योरेन्सले १२ करोड ३४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

प्रभु इन्स्योरेन्सले ११ करोड ५० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेशनल लाइफ इन्स्योरेन्सले ७ करोड ८९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । ओरिएण्टल इन्स्योरेन्सले १९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

665
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका