जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • आइएमई पेबाट हरेक बुधबार क्युएफएक्सको टिकट काट्दा फ्ल्याट ५० रुपैयाँ क्यासब्याक पाइने

आइएमई पेबाट हरेक बुधबार क्युएफएक्सको टिकट काट्दा फ्ल्याट ५० रुपैयाँ क्यासब्याक पाइने

आइएमई पेका ग्राहकहरुले क्युएफएक्स सिनेमाजको वेबसाइट र मोबाइल एपबाट बुधबारको दिन मुभी टिकट खरिद गर्दा हरेक हप्ता ५० रुपैयाँ फ्ल्याट क्यासब्याक पाउने भएका छन्।

जसका लागि आइएमई पे र क्युएफएक्स सिनेमाजबीच आइएमई पे डे एट क्युएफएक्स नामक अफरको सम्झौता भएको छ।
यो अफर अवधिभरको हरेक बुधबारको खरिदमा मात्र लागु हुने कम्पनीले जनाएको छ। अफरका लागि तोकिएको सर्तअनुसार प्रयोगकर्ताहरुले एक दिनमा एकपटक मात्र यो अफर अन्तर्गतको लाभ प्राप्त गर्ने बताइएको छ।

त्यसपछि प्रयोगकर्ताहरुले पुनः अर्को बुधबार मात्र सो अफरको फाइदा उठाउन सक्ने कम्पनीले जनाएको छ। साथै, आगामी दिनहरुका लागि लाइभ भएको टिकटहरु पनि बुधबारका दिन खरिद गर्दा ग्राहकहरुले सो छुट पाउने छन्। यो अफर क्युएफएक्स सिनेमाजको ११ वटा हलहरुमा लागु भएको छ।

मंगलबार काठमाडौंमा आयोजित सम्झौता आदानप्रदान कार्यक्रममा बोल्दै आइएमई पेका प्रमुख व्यापार अधिकृत आमोद भट्टराईले सो अफर डिजिटल भुक्तानी माध्यममा प्रोत्साहन दिन उचित कदम हुने धारणा व्यक्त गरेका छन्।

1260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका