जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • रिलायन्स लाइफ इन्स्योेरेन्सको आइपिओ नेप्सेमा सूचीकृत

रिलायन्स लाइफ इन्स्योेरेन्सको आइपिओ नेप्सेमा सूचीकृत

रिलायन्स लाइफ इन्स्योरेन्सले वितरण गरेको आइपिओ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ। नेप्सेले कम्पनीको २ करोड १० लाख कित्ता सेयर सूचीकरण गरेको छ।

कम्पनीको सेयर सूचीकृत भएसँगै मंगलबारदेखि दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ। नेप्सेले मंगलबारदेखि कारोबार गर्नको लागि मूल्य रेञ्ज तोकेको छ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०७.५९ रुपैयाँदेखि ३२२.७७ रुपैयाँसम्म मूल्य तोकेको छ। सोही मूल्यका आधारमा मंगलबार म्याचिङ कारोबार भएपछि किनबेच सुरु हुनेछ। कम्पनीले भदौ ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणलाई आइपिओ बिक्री गरी चुक्ता पुँजी २ अर्ब १० करोड पुर्‍याएको छ।

10270
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका