जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१

आर्थिक विशेष

शेयर कर्जा लिने १७%ले बढे

शेयर कर्जा लिने १७%ले बढे

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुबाट शेयर धितो कर्जा प्रवाह बढ्न थालेको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत शेयर धितो कर्जाको जोखिम भार घटाएको थियो। हाल ५० लाख रुपैयाँभन्दा माथिको शेयर धितो कर्जामा १२५ प्रतिशत जोखिम भार कायम गरिएको छ। यसअघि ५० लाख रुपैयाँभन्दा माथिको कर्जामा १५० जोखिम भार कायम गरिएको थियो।

राष्ट्र बैंक लचिलो बन्दै जानुले बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने शेयर धितो कर्जा पनि बढ्न थालेको हो। बैंक तथा वित्तीय संस्थाबाट चालु आर्थिक वर्षको ७ महिना माघसम्म शेयर धितोमा ८५ अर्ब १७ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ। जुन असार मसान्तसम्मको तुलनामा ११.६ प्रतिशतले बढी हो। असार मसान्तमा शेयर धितो कर्जा ७६ अर्ब ३० करोड ८३ रुपैयाँ थियो।

राष्ट्र बैंकले सर्वाजनिक गरेको तथ्यांकअनुसार १ करोड रुपैयाँभन्दा माथिको शेयर धितो कर्जा १६.९ प्रतिशतले बढेको छ। माघसम्म १ करोड रुपैयाँ माथिको कर्जा ५२ अर्ब २६ करोड ९५ रुपैयाँ पुगेको छ। असार मसान्तमा १ करोड रुपैयाँ माथिको कर्जा ४४ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ थियो।

यसैगरी माघसम्म ५० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको शेयर धितो कर्जा १.२ प्रतिशतले बढेर ११ अर्ब ९१ करोड ५३ लाख रुपैयाँ पुगेको छ। असार मसान्तमा यस्तो कर्जा ११ अर्ब ७७ करोड ४५ लाख रुपैयाँ थियो।

यो ७ महिनामा २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको शेयर धितो कर्जा ८.३ प्रतिशतले बढेर १३ अर्ब ८४ करोड ७८ लाख रुपैयाँ पुगेको छ। असार मसान्तमा यस्तो कर्जा १२ अर्ब ७८ करोड १९ लाख रुपैयाँ रहेको थियो।

तथ्यांकअनुसार २५ लाख रुपैयाँभन्दा कम शेयर धितो कर्जा १.५ प्रतिशतले बढेको छ। यो ७ महिनामा यो रेन्जको कर्जा ७ अर्ब १३ करोड ९४ लाख रुपैयाँ पुगेको छ। असार मसान्तमा ७ अर्ब ३ करोड ५९ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो।

510
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?