जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • ४० अर्ब पैसा बाहिरिएसंगै एनआईसी एशिया बैंकले डिपोजिट ब्याजदर बढाएको पुष्टी, सीइओ न्यौपानेको आतंकले कर्मचारी आतंकित, दुर्गा प्रसाईकै कारण तत्काललाई कारवाही रोकियोः राष्ट्र बैंक

४० अर्ब पैसा बाहिरिएसंगै एनआईसी एशिया बैंकले डिपोजिट ब्याजदर बढाएको पुष्टी, सीइओ न्यौपानेको आतंकले कर्मचारी आतंकित, दुर्गा प्रसाईकै कारण तत्काललाई कारवाही रोकियोः राष्ट्र बैंक

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ नारा दिएर जथाभावी लगानी गरेर ठूला बैंकहरुसंग नाफामा लडाई गर्दै आएको एनआईसी एशिया बैंक थप संकटमा फस्दै आएको देखिन्छ । भन्दा अब फरक पर्दैन । राष्ट्र बैंकमा नाफाको नक्कली वित्तिय विवरण बनाएर पठाएपछि रातारात विवादमा फस्दै आएको एनआईसी एशिया बैंकबाट डिपोजिटकर्ताहरुले करिब ४० अर्ब हाराहारीमा पैसा झिकेसंगै यस बैंकले फागुन महिनामा डिपोजिट ब्याजदर बढाएको छ भन्दा अब फरक पर्दैन । गर्भनर साब हेक्का होस् । केही दिन अगाडी ४० अर्ब पैसा डिपोजिटकर्ताहरुले निकालेका कारण बैंकलाई फाइदा भयो भन्दै समाचार लेखाउदै आएको एनआईसी एशिया बैंकको भित्री वित्तिय अवस्थामा क्यान्सर लागेको छ भन्दा अब फरक पर्दैन । गभर्नर साब यति सम्मकी कर्जा एनआईसी एशिया बैंकका कुनै पनि शाखा प्रमुखसंग कर्जा माग्यो भने ती शाखा प्रमुखले नै सबै कागजपत्र मिलाउने र रातारात कर्जा दिने गरेको भुतभोगीहरुको दाबी छ । त्यसको बदला एउटा आईफोन १५ प्रो म्यास दिनुपर्दछ । यसको प्रमाण हामीसंग सुरक्षित छ । यो कस्तो बैकिङ्ग हो गभर्नर साब ।

एनआईसी एशिया बैंकका चतुर सीइओ रोशन कुमार न्यौपानेले सबै शाखा प्रमुखहरुलाई कर्जाको टार्गेट दिएकै कारण अहिले बैंकको कर्जा उठेको छैन । सयौं धितो लिलामी भएको छैन । यी कारणले बैंकको ७ महिनाको नाफा गत वर्षको तुलनामा डरलाग्दोरुपमा घटेको देखिन्छ । ७ महिनामा मात्र २ अर्ब १४ करोड ३० लाख नाफा कमाएर छौठो स्थानमा यो बैंक ओर्लेको छ भन्दा फरक पर्दैन । यसबाटै प्रस्ट हुन्छ एनआईसी एशिया बैंकको वित्तिय विवरणमा क्यान्सर लागेको छ यो निको हुन कठिन मात्रै छैन । यसको औषधी नै बनेको छैन भन्दा फरक पर्दैन । गभर्नसाब रातारात विभिन्न पत्रिका र अनलाईनहरुलाई आफू खुशी ५ लाख देखि १० हजारसम्मको विज्ञापनको अफर लेटर इमेल पठाएर समाचार रोक्ने प्रयत्न सिइओ न्यौपानेले गरेको देखिन्छ ।
लोभ देखाउने उल्टो सुल्टो समाचारका कन्टेन्ट (लेख) बनाएर पठाएको प्रमाण आर्थिक बजार न्यूजडटकमसंग सुरक्षीत छ । समय आएपछि हामी पाठक सामु पस्कने नै छौं । हेक्का होस् ।

एक उच्च कर्मचारीले आर्थिक बजार न्यूजडटकमलाई टेलिफोनमा भने हाम्रा सिइओ न्यौपानेले गरेको कुकर्महरुको फाइल छ भेट गरौन सर । भनिन्छ राष्ट्र बैंकका गभर्नर देखि पीएन सम्मको नातेदारका आफ्न्तका कर्मचारी अर्को बैंकबाट एनआईसी बैंकमा भित्र्याएर २ तह बढुवा गरेका बैंकका सीइओ न्यौपानेलाई ति कर्मचारी अहिले घाँडो भएको एक उच्च कर्मचारीले पंक्तिकारसंग बताए ।

एक पछि अर्को गल्ती लुकाउदै आएको यस बैंकका पूर्व डिसीइओ सुधिरनाथ पाण्डेले राजीनामा दिएसंगै बैंक भित्रको समाचार दिनेहरुको पनि कमी छैन । एक उच्च कर्मचारीले आर्थिक बजार न्यूजडटकमलाई टेलिफोनमा भने हाम्रा सिइओ न्यौपानेले गरेको कुकर्महरुको फाइल छ भेट गरौन सर । भनिन्छ राष्ट्र बैंकका गभर्नर देखि पीएन सम्मको नातेदारका आफ्न्तका कर्मचारी अर्को बैंकबाट एनआईसी बैंकमा भित्र्याएर २ तह बढुवा गरेका बैंकका सीइओ न्यौपानेलाई ति कर्मचारी अहिले घाँडो भएको एक उच्च कर्मचारीले पंक्तिकारसंग बताए । एनआईसी एशिया बैंक भित्र यति सम्मको कमिशन खेल हुन्छ की एउटा साईनबोर्ड लेख्ने देखि पैसा जम्मा गर्ने भौचर छपाईमा समेत कमिशन लिने गरेको ती कर्मचारीले बताए । उनीले भने गौतम थरका एक कर्मचारीले सबै तिरको कमिशन भेला गरेर सीइओलाई बुझाउने गरेका छन् । शाखाका मेनेजरहरुलाई कर्जाको टार्गेट दिने, अनावश्यक दबाब दिने, डिपोजिट ल्याउन दबाब दिने भने अनुसार काम नगरे मनाङ मुस्ताङ देखि मेची महाकाली सरुवा गरिदिने गरेको ति कर्मचारीले पंक्तिकारसंग बताए ।

राष्ट्र बैंकका एक डिपुटी गभर्नरले नाम नलेख्ने शर्तमा पंक्तिकारसंग भने दुर्गा प्रसाईका कारण हामीले एनआईसी एशिया बैंकलाई कारवाही अहिले नगरेको पक्कै हो । उनीले थपे बैंक र वित्तिय संस्थाका बारेमा दुर्गा प्रसाईले कर्जा नतिर्न र पैसा झिक्न जस्ता अभिव्यक्ति दिएकै कारण तत्कालै कारवाही गर्दा बैंक र वित्तिय संस्थाप्रति नकारात्मक सन्देश जाने भएका कारण कारवाही हाललाई नगरेको सत्य हो ।

यति सम्मकी बैंकका सयौं कर्मचारी सिइओ न्यौपानेको आतंकवाट पीडित भएर जागिर छोडेर गएका छन् । उनीले दाबी गरे । राष्ट्र बैंकका एक डिपुटी गभर्नरले नाम नलेख्ने शर्तमा पंक्तिकारसंग भने दुर्गा प्रसाईका कारण हामीले एनआईसी एशिया बैंकलाई कारवाही अहिले नगरेको पक्कै हो । उनीले थपे बैंक र वित्तिय संस्थाका बारेमा दुर्गा प्रसाईले कर्जा नतिर्न र पैसा झिक्न जस्ता अभिव्यक्ति दिएकै कारण तत्कालै कारवाही गर्दा बैंक र वित्तिय संस्थाप्रति नकारात्मक सन्देश जाने भएका कारण कारवाही हाललाई नगरेको सत्य हो । उसका सबै गल्ती राष्ट्र बैंकले भेट्टाएको छ । समय आएपछि हस्तक्षेप सम्मको कारवाही राष्ट्र बैंकले गर्ने छ नि भूपेन्द्रजी । उनीकै शब्द सापटी लिने हो भने एनआईसी एशिया बैंकलाई क्यान्सर लागेको देखिन्छ । हेक्का होस् ।

दुई वाणिज्य बैंकहरुले भने फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । बैंकहरुको ब्याजदर औषतमा ०.५०४२ प्रतिशतविन्दु घटेको छ । फागुन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा ७.७५ प्रतिशतविन्दु रहेको २० बैंकहरुको अधिकतम औषत ब्याजदर चैत महिनामा घटेर ७.२५ प्रतिशतविन्दुमा झरेको छ ।

कुन बैंकले घटाए ब्याजदर !

सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । प्रकाशित सूचना अनुसार १७ वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् भने एनआईसी एशियाले बढाएको छ । दुई वाणिज्य बैंकहरुले भने फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । बैंकहरुको ब्याजदर औषतमा ०.५०४२ प्रतिशतविन्दु घटेको छ । फागुन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा ७.७५ प्रतिशतविन्दु रहेको २० बैंकहरुको अधिकतम औषत ब्याजदर चैत महिनामा घटेर ७.२५ प्रतिशतविन्दुमा झरेको छ । १७ वाणिज्य बैंकहरुले ब्याजदर घटाएसँगै औषत ब्याजदर पनि घट्न पुगेको हो ।
बैंकहरुको संस्थागत मुद्दति निक्षेपको ब्याजदर भने बढेको छ । फागुनमा ५.७४ प्रतिशतविन्दु रहेको बैंकहरुको संस्थागत निक्षेपको अधिकतम औषत ब्याजदर, चैत महिनामा ०.२६ प्रतिशतविन्दु बढेर ६ प्रतिशतविन्दु पुगेको छ ।

फागुन महिनाको तुलनामा चैत महिनामा सबैभन्दा बढी ब्याजदर घटाउने बैंकमा एभरेष्ट बैंक र एनएमबि बैंक रहेका छन् । यी दुबै बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर १.५ प्रतिशतविन्दु घटाएका छन् भने संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.५ प्रतिशतविन्दु घटाएका छन् ।

एनआईसी एशिया बैंकले चैत महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ८.५४ प्रतिशतका दरले ब्याज दिने भएको छ । फागुनमा बैंकको यस्तो ब्याजदर ८ प्रतिशत थियो । त्यसैगरी, बैंकले संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर पनि ६ प्रतिशतबाट बढाएर ७.५४ प्रतिशत पुर्याएको छ । फागुन महिनाको तुलनामा चैत महिनामा सबैभन्दा बढी ब्याजदर घटाउने बैंकमा एभरेष्ट बैंक र एनएमबि बैंक रहेका छन् । यी दुबै बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर १.५ प्रतिशतविन्दु घटाएका छन् भने संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.५ प्रतिशतविन्दु घटाएका छन् ।व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा प्रभु बैंक र ग्लोबल आइएमई बैंकले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । यी दुई बैंकले यस्तो खातामा चैत महिनामा पनि ७.५ प्रतिशतका दरले नै ब्याज दिने भएका छन् । यद्यपि, यी दुई बैंकहरुको संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर भने १ प्रतिशतविन्दु बढेको छ ।२० बैंकहरुमध्ये कृषि विकास बैंकको ब्याजर सबैभन्दा कम रहेको छ । यस बै)कले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ५.६६१ प्रतिशतका दरले ब्याज दिने भएको छ भने संस्थागतमा अधिकतम ४.०१ प्रतिशतका दरले ब्याज दिने भएको छ ।

4875
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका