जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीको आग्रह

वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीको आग्रह

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चीनका राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणका क्रममा काठमाडौंको सवारी व्यवस्थापनमा सहयोग गरिदिन सबैसँग आग्रह गरेको छ।

राष्ट्रपति सीको भ्रमण हुने दुई दिन शनिबार र आइतबार सकेसम्म अनावश्यक सवारीको प्रयोग नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।
शुक्रबार सूचना प्रकाशित गरी महाशाखाले ठुला मालवाहक सवारी साधनहरू रिङरोड भित्र प्रवेश नगरीदिन भनेको छ।

यस्तै, मुख्य सवारी मार्गको प्रयोग नगरी अन्य वैकल्पिक सडकको प्रयोग गरिदिन हुन, र अनावश्यक सवारी साधन प्रयोग नगरिदिन आग्रह गरेको छ।

सवारी मार्गमा पुराना र अवस्था ठिक नभएका सवारी साधनहरू नचलाईदिन तथा अनावश्यक हर्नको प्रयोग नगरी दिन र ट्राफिक नियमको पुर्ण रुपमा पालना गर्न साथै सवारी व्यवस्थापनमा ट्राफिक प्रहरीलाई सहयोग गरिदिन पनि आग्रह गरिएको छ।

ट्राफिक सम्वन्धि समस्या तथा अन्य जानकारीका लागि ट्राफिक प्रहरीको हट लाईन नम्वर १०३ मा फोन गर्नु हुनका साथै नियमित रूपमा मेट्रो ट्राफिक एफएम ९५.५ मेघाहर्ज सुन्न पनि ट्राफिक प्रहरीको आग्रह छ।

7405
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका